नि:शुल्क वितरण हुने औषधि बेच्दै स्वास्थ्य कार्यालय प्रमुख

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १७ ब‌ैशाख, २०८२
१ वर्षअघि

विराटनगर । स्वास्थ्य कार्यालय ओखलढुंगा, रुम्जाटारका कार्यालय प्रमुख अहमद मन्सुरीले आफ्नो निजी मेडिकलमा नेपाल सरकारमार्फत निःशुल्क वितरण हुने औषधि बिक्री गरिएको तथ्य फेला परेको छ ।

प्रमुख मन्सुरीको मेडिकलमा नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने विभिन्न प्रकारका औषधि बिक्रीका लागि राखिएको पाइएको हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा र औषधी व्यवस्था विभाग विराटनगरले गरेको संयुक्त अनुगमनमा सिद्धिचरण नगरपालिका–४ रुम्जाटारमा रहेको मन्सुरीको पदमा मेडिकल हलमा नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधि फेला परेको थियो ।

अनुगमनपश्चात् टोलीले उक्त मेडिकल हल सिल गरेको छ ।

नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधि बिक्रीका लागि राखिएको पाइएकाले पदमा मेडिकल हल सिल गरिएको ओखलढुंगाकी सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल (पौडेल)ले बताइन् ।

प्रमुख मन्सुरीले जिल्ला स्वास्थ्य कार्यालयबाट सरकारी औषधि लगेर आफ्नो निजी मेडिकल हलमार्फत विक्री गरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

यसअघि पनि प्रमुख मन्सुरीलाई जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको सामाग्री दुरुपयोग गरेको आरोप लागेको थियो ।

यस विषयमा प्रमुख मन्सुरीले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

कामको सिलसिलामा अहिले फिल्डमा रहेकोले अनुगमन र सिल गरिएको बारेमा आफूलाई जानकारी नभएको प्रमुख मन्सुरीले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०