धनपालथानमा नागरिक आरोग्य सेवा केन्द्र : घरदैलो पुगेर आयुर्वेदिक उपचार र परामर्श दिने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १४ ब‌ैशाख, २०८२
१ वर्षअघि

धनपालथान । मोरङको धनपालथान गाउँपालिकामा आयुर्वेदिक उपचार र परामर्श दिने उद्देश्यका साथ नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले धनपालथान–४ सोराभागमा आइतबारदेखि नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

Advertisement

धनपालथान गाउँपालिकासँगको समन्वयमा सञ्चालनमा आएको उक्त सेवा केन्द्रको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डाक्टर राधिका थपलिया र गाउँपालिका प्रमुख जिबछप्रसाद गच्छदारलगायतले उद्घाटन गरे ।

गाउँपालिकाको प्रशासनिक भवननजिकै रहेको नागरिक आरोग्य सेवा केन्द्रले प्राचीन आयुर्वेद चिकित्सा पद्धतिमार्फत स्वस्थ समाज निर्माण गर्ने अभियान थाल्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङका वरिष्ठ कविराज निरीक्षक बैजनाथ साहले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गच्छदारले नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सचेत र जिम्मेवार बनाउन आरोग्यको केन्द्रको थालनी गरेको र यसलाई सफल रूपमा सञ्चालन गर्न सबैको साथ जरुरी रहेको बताए ।

यसैगरी, स्वास्थ्य मन्त्रालयकी सचिव थपलियाले नसर्ने रोगमा आयुर्वेदको विषेश भूमिका हुने बताउँदै नागरिक आरोग्य सेवा केन्द्रको थालनी भएको सुनाइन् ।

आफ्नो स्वास्थ्यको प्रथम जिम्मेवार आफैं हो भन्ने कुराको बोध नागरिक आफैंले गर्नुपर्ने बताउँदै उनले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नारालाई सार्थक पार्न सुरु भएको नागरिक आरोग्य कार्यक्रम स्वस्थ समाज निर्माणतर्फ उन्मुख भएको बताइन् ।

स्वस्थ मानिसलाई रोग लाग्नै नदिने र रोग लागेका व्यक्तिलाई आयुर्वेद तथा योगको माध्यमबाट निरोगी बनाउने प्रयासका साथ यस सेवा केन्द्रको स्थापना भएको आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख रामप्रवोध चौधरीले जानकारी दिए ।

उनका अनुसार जिल्ला आयुर्वेद सेवा केन्द्र मोरङ मातहतको यो सातौं आरोग्य सेवा केन्द्र हो । यसअघि लेटाङ, मिक्लाजुङ, कानेपोखरी, रंगेली, जहदा र सुन्दरहरैंचामा आरोग्य सेवा केन्द्र सञ्चालनमा छन् ।

नागरिक आरोग्य केन्द्रबाट दम, हड्डी खिइने रोग, हाडजोर्नी तथा नसासम्बन्धी रोग, बाथ, पेटसम्बन्धी समस्या, महिलासम्बन्धी स्वास्थ्य समस्या, पिसाबसम्बन्धी समस्या लिएर आउने बिरामीलाई विशेष सेवा दिइने प्रमुख चौधरीको भनाइ छ ।

धनपालथानमा नागरिक आरोग्य सेवा केन्द्र सुरु गरेको अवसर पारेर निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर पनि सञ्चालन गरिएको थियो ।

जसबाट १५५ जना जना लाभान्वित भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङका वरिष्ठ कविराज निरीक्षक बैजनाथ साहले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०