विराटनगरमा एमएम कप क्रिकेट सुरु : साविक विजेता आर्मीको संघर्षपूर्ण जित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १३ ब‌ैशाख, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि एमएम कप क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एम्पायर बुद्धिबहादुर प्रधानलाई क्रिकेट बल दिएर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

शनिबार भएको उद्घाटन खेलमा साविक विजेता विभागीय टिम त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफलाई २ विकेटको संघर्षपूर्ण जित निकालेको छ ।

टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव ३ बलमा सबै विकेट गुमाई १ सय ३० रनको झिनो योगफल बनाएको थियो ।

एपिएफका प्रकाश जैशीले अविजित ३४ रन बनाउँदा कप्तान भुवन कार्कीले २५ रन, दिपक वोहराले १६ रन, अविशेक पालले १२ रन र आयूस्मान बलमे ११ रन बनाउँनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

आर्मीका दुगेश गुप्ताले ३ विकेट लिँदा विशाल सुस्लिङ र नरेन राउदले २–२ विकेट लिए ।

जबाफमा १ सय ३१ रनको झिनो लक्ष्य पाएको आर्मीले ३७ दशमलव २ बलमा ८ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो ।

आर्मीको जितमा प्लेयर अफ द म्याच नरेन साउदले ८४ बलमा ७ चौका प्रहार गर्दै ६४ रनको योगदान दिँदा सुमित श्रेष्ठले अविजित २१ रन र पवन कार्कीले अविजित १० रनको योगदान दिए ।

एपिएपका दिवन पुनले ३ विकेट लिँदा कप्तान भुवन कार्की र विकाश अग्रिले २–२ विकेट लिए ।

एमएम कप फाउण्डेशनको आयोजनामा वैशाख २० गतेसम्म सञ्चालन हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको हो ।

प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने दुवै टोलीका शीर्ष टोलीले फाइनल खेल खेल्ने छन् ।

यसअघिका दुई संस्करण सुनसरीको इनरुवामा गरिएको थियो । २०७५ सालमा भएको पहिलो संस्करणको उपाधि आर्मीले जित्दा २०७६ सालमा भएको दोस्रो संस्करणमा पनि आर्मीले नै बाजी मारेको थियो ।

आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले नेपाली क्रिकेटको विकास र स्तरोन्नतिका लागि नेपालमा कमै मात्रामा हुने ५० ओभरको प्रतियोगिता गरिएको बताए ।

प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी हुने अध्यक्ष घोषले जानकारी दिए ।

एक करोड लागतमा आयोजना भइरहेको प्रतियोगिता विजेतालाई नगद ४ लाख र ट्रफी, उपविजेतालाई २ लाख र ट्रफी, प्लेयर अफ द टुर्नामेन्टको उपाधी जित्ने खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५–१५ हजार र प्लेयर अफ द म्याचको उपाधि जित्ने खेलाडीलाई नगद ४ हजार प्रदान गरिने अध्यक्ष घोषले जानकारी दिए ।

आइतबार एपिएफ र बागमती प्रदेशबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रकाशित समय: शनिवार १३ ब‌ैशाख, २०८२, १७:५३:०७
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०