विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा विनोद ढकाल समूहका बलराम गिरी (नविन) सहित प्यानलै विजयी भएका छन् ।
गिरीले अध्यक्ष केपी शर्मा अोली समूहका रोहित कोइरालालाई ५२ मतान्तरले पराजित गरे ।
गिरीले १ सय ७३ मत ल्याउँदा कोइरालाले १ सय २१ मत ल्याए ।
त्यस्तै उपाध्यक्षमा ढकाल समुहका सुरज न्यौपाने १ सय ४५ मत ल्याई विजयी भएका छन् भने ओली समूहका राम पोखरेलले १ सय ३६ मत ल्याए ।
त्यस्तै सचिवमा ढकाल समूहका विज्ञान शर्मा चापागाईले १ सय ८३ मत ल्याई विजयी हुँदा नवराज काफ्लेले १ सय ४ मत ल्याए ।
उप–सचिव(महिला)मा हेमा मैनाली पोखरेलले १ सय ६९ मत ल्याई विजयी हुँदा प्रेमकला डाँगीले १ सय ११ मत ल्याइन् भने उप–सचिव(पुरुष) हमिद आजादले १ सय ७८ मत ल्याएर वियजी भए भने चन्द्रशेखर विश्वासले ७८ मत ल्याए ।