दृष्टि सेवामा समर्पित संस्था बन्दै रामलाल गोल्छा आँखा अस्पताल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २६ चैत, २०८१
२ वर्षअघि

विराटनगर । पूर्वी नेपालको पहिलो आँखा अस्पतालको रूपमा रहेको विराटनगरको रामलाल गोल्छा आँखा अस्पताल दृष्टि सेवामा समर्पित संस्था बन्दै गएको छ ।

विराटनगर महानगरपालिका–७ मा अवस्थित अस्पतालले पछिल्लो समय विभिन्न स्थानीय तहरूसँगको सहकार्य र समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

Advertisement

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको व्यवस्थापनमा सञ्चालित उक्त अस्पतालले गएको सातामात्र विराटनगर–१४ नयाँ टोलमा निःशुल्क आँखा शिविर चलाएको थियो, जसमा करिब दुई सय जना लाभान्वित भएका थिए ।

बर्सेनि रूपमा यसरी शिविर आउँदा आफूहरूले आँखा जँचाउन अस्पताल नै जानु नपरेको भन्दै शिविरमा आएका स्थानीय सुखानुलाल महतोले खुशी व्यक्त गरे ।

१४ नम्बर वडा कार्यालयसँगको सहकार्यमा सञ्चालित शिविरमा १६८ जनाले ओपिडी सेवा लिएका थिए भने २८ जनालाई मोतिबिन्दुको शल्यक्रियाका लागि अस्पताल रिफर गरिएको दृष्टि विशेषज्ञ रुचिका साहले जानकारी दिइन् ।

जाँच गरिएकामध्ये धेरैमा मोतिबिन्दुको समस्या देखा परेको जनाउँदै उनले गर्मीयाम भएका कारण बालबालिकाहरूमा भने एलर्जीका समस्या देखिएको बताइन् ।

अत्याधुनिक प्रविधिसहित उच्च गुणस्तरीय र सर्वसुलभ सेवा दिने गरेको रामलाल गोल्छा आँखा अस्पतालले आयोजना गरेको निःशुल्क शिविरमा मोतियाबिन्दु भएका बिरामीलाई अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ ।

विपन्न समुदायको बसोबास रहेको उक्त वडामा दैनिक ज्यालादारी गरी गुजारा गर्नेहरूका लागि यस्तो शिविर जरुरी रहेको वडाध्यक्ष सूर्यनारायण महतोले जानकारी दिए ।

२०३९ सालमा स्थापित रामलाल गोल्छा आँखा अस्पतालले कोशी प्रदेशका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गरी हजारौंलाई उच्चस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

यस अस्पतालले विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी विगत केही वर्षदेखि निःशुल्क आँखा परीक्षण, चश्मा वितरण र मोतिबिन्दु शल्यक्रिया जस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।

अस्पतालमा वार्षिक रूपमा करिब ७ हजारको शल्यक्रिया, करिब ७० हजारको जाँच हुने गरेको छ ।

अस्पतालले विभिन्न स्थानीय तहहरूमा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ ।

बुधबारमात्र बराहक्षेत्र नगरअस्पतालसँगको सहकार्यमा रामलाल गोल्छा आँखा अस्पतालले आँखा उपचार केन्द्रको थालनी गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१ हप्ताअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
१ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ हप्ताअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०