दृष्टि सेवामा समर्पित संस्था बन्दै रामलाल गोल्छा आँखा अस्पताल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २६ चैत, २०८१
१ वर्षअघि

विराटनगर । पूर्वी नेपालको पहिलो आँखा अस्पतालको रूपमा रहेको विराटनगरको रामलाल गोल्छा आँखा अस्पताल दृष्टि सेवामा समर्पित संस्था बन्दै गएको छ ।

विराटनगर महानगरपालिका–७ मा अवस्थित अस्पतालले पछिल्लो समय विभिन्न स्थानीय तहरूसँगको सहकार्य र समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

Advertisement

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको व्यवस्थापनमा सञ्चालित उक्त अस्पतालले गएको सातामात्र विराटनगर–१४ नयाँ टोलमा निःशुल्क आँखा शिविर चलाएको थियो, जसमा करिब दुई सय जना लाभान्वित भएका थिए ।

बर्सेनि रूपमा यसरी शिविर आउँदा आफूहरूले आँखा जँचाउन अस्पताल नै जानु नपरेको भन्दै शिविरमा आएका स्थानीय सुखानुलाल महतोले खुशी व्यक्त गरे ।

१४ नम्बर वडा कार्यालयसँगको सहकार्यमा सञ्चालित शिविरमा १६८ जनाले ओपिडी सेवा लिएका थिए भने २८ जनालाई मोतिबिन्दुको शल्यक्रियाका लागि अस्पताल रिफर गरिएको दृष्टि विशेषज्ञ रुचिका साहले जानकारी दिइन् ।

जाँच गरिएकामध्ये धेरैमा मोतिबिन्दुको समस्या देखा परेको जनाउँदै उनले गर्मीयाम भएका कारण बालबालिकाहरूमा भने एलर्जीका समस्या देखिएको बताइन् ।

अत्याधुनिक प्रविधिसहित उच्च गुणस्तरीय र सर्वसुलभ सेवा दिने गरेको रामलाल गोल्छा आँखा अस्पतालले आयोजना गरेको निःशुल्क शिविरमा मोतियाबिन्दु भएका बिरामीलाई अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ ।

विपन्न समुदायको बसोबास रहेको उक्त वडामा दैनिक ज्यालादारी गरी गुजारा गर्नेहरूका लागि यस्तो शिविर जरुरी रहेको वडाध्यक्ष सूर्यनारायण महतोले जानकारी दिए ।

२०३९ सालमा स्थापित रामलाल गोल्छा आँखा अस्पतालले कोशी प्रदेशका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गरी हजारौंलाई उच्चस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

यस अस्पतालले विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी विगत केही वर्षदेखि निःशुल्क आँखा परीक्षण, चश्मा वितरण र मोतिबिन्दु शल्यक्रिया जस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।

अस्पतालमा वार्षिक रूपमा करिब ७ हजारको शल्यक्रिया, करिब ७० हजारको जाँच हुने गरेको छ ।

अस्पतालले विभिन्न स्थानीय तहहरूमा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ ।

बुधबारमात्र बराहक्षेत्र नगरअस्पतालसँगको सहकार्यमा रामलाल गोल्छा आँखा अस्पतालले आँखा उपचार केन्द्रको थालनी गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०