रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा बराहक्षेत्रमा आँखा उपचार केन्द्रको थालनी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २६ चैत, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा सुनसरीको बराहक्षेत्र नगरपालिकाले आँखा उपचार केन्द्रको थालनी गरेको छ ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार उद्घाटन गरेसँगै बराहक्षेत्र नगर अस्पतालमा आँखा उपचार केन्द्र सुरु भएको हो ।

Advertisement

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको व्यवस्थामा सञ्चालित रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानसँगको सहकार्यमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो ।

नगर प्रमुख एवम् नगर अस्पताल व्यवस्थापन समितिकाका अध्यक्ष रमेश कार्कीको सभाध्यक्षतामा उक्त उद्घाटन कार्यक्रम आयोजना भएको थियो ।

नगरपालिकाले सञ्चालन गरिरहेको उक्त अस्पतालमा सेवाग्राहीहरूको माग र आवश्यकतालाई मध्यनजर गरेर आँखाको उपचार सेवा विस्तार गरिएको नगर प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीले बताए ।

भौतिक संरचना निर्माण र जनशक्तिसँगै सेवाहरू बढाउँदै लगिएको नगर प्रमुख कार्कीको भनाइ छ ।

अस्पतालको प्रशासन र व्यवस्थापन सबलपछि भौतिक संरचना (भवन) र जनशक्ति ( चिकित्सक, स्वास्थ्यकर्मी ) समेत बढाइएको छ ।

हाल अस्पतालमा दैनिक २ सय ७५ देखि ३ सय २५ को सङ्ख्यामा सेवाग्राहीहरू आउने गरेका छन् ।

हाल अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ ।

२४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स-रे, फिजीयोथेरापी सेवा, आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स-रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भई राखेको र हाल विभिन्न सेवाहरू बढाउने लक्ष्य सहित भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाएको अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टले बताए ।

हाल अस्पतालकै आम्दानीबाट फार्मेसी भवन र आधुनिक आकस्मिक कक्ष निर्माण भएको त्यस्तै सामान्य शल्यक्रियाका लागि भवन पनि निर्माणाधीन रहेको नगर प्रमुख कार्कीले बताए ।

समुद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, नगर उपप्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका उपाध्यक्ष विजयहरि शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राजनैतिक दलका प्रतिनिधिहरू, नगर अस्पताल व्यवस्थापन समितिकाका सदस्य तथा सल्लाहकारहरू, रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका पदाधिकारी र चिकित्सक तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०