रेसुंगा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामले गति नलिएको बताएका छन् ।
नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले आफूले भित्र र बाहिर सरकारले जुन ढंगले काम गर्नुपर्ने थियो गरेन भनेर भन्दै आएको बताए ।
उनले प्रधानमन्त्री र मन्त्री नबोलेरै काम गरे आफूहरू सरकारका कामको प्रचार गर्न तयार रहेको बताए ।
उनले पार्टीभित्र सभापति वा महामन्त्रीले खराब काम गरे त्यसको जिम्मा कार्यकर्ताले नलिने भएकाले नागरिकमा भरोसा बढाउन भ्रष्टाचार सफा गर्ने काममा पार्टी लाग्नुपर्नेमो जोड दिए ।
आफूहरूलाई २० वर्ष नागरिकले प्रतिक्षा गरेपछि आशा गरेअनुसारको प्रगति नदेखेपछि बढेका असन्तुष्टिलाई चिन्ने र चिर्ने काम कांग्रेसको भएको महामन्त्री थापाले बताए ।