खेलकुद दिवसको अवसरमा कोशी प्रदेश खेलकुद विकास बोर्डले निकाल्यो र्‍याली

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ चैत, २०८१
१ वर्षअघि

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाएको छ । बोर्डले आइतबार बिहान विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाएको हो ।

कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यतामा बोर्डले खेलकुद दिवसको अवसर पारेर बृहत्त् र्‍यालीसमेत निकालेको थियो ।

Advertisement

विराटनगरस्थित सहिद रंगशालाबाट सुरु भएको र्‍याली हस्पिटलचोक जलजला चोक, गोल्छाचोक हुँदै बोर्डको कार्यालयमा पुगेर समापन भएको थियो ।

र्‍यालीमा बोर्डका अध्यक्ष तथा मन्त्री राईसँगै बोर्डका सदस्यसचिव कृष्ण बस्नेत ‘पर्शुराम’, बोर्डका प्रशासन प्रमुख कालीदास भट्टराई, लेखा प्रमुख दीपक घिमिरे, मन्त्रालयका निमित्त सचिव दामोदर फुयाँल, बोर्डका सदस्य, विभिन्न विधाका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो ।

र्‍याली बोर्डको कार्यालयमा औपचारिक कार्यक्रम गर्दै समापन भएको थियो ।

औपचारिक कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री पाँचकर्ण राईले नवौं राष्ट्रिय खेलकुदमा प्रदेशले हासिल गरेको नतिजालाई तुलना हुनेगरी १०औं खेलकुदको तयारीका लागि जुटेको सुनाए ।

हालै सम्पन्न कोशी प्रदेश खेलकुद महोत्सव पनि तयारीको एक स्वरूप भएको उनको भनाइ छ ।

‘१०औं खेलकुदको तयारी घनिभूति रूपमा भइरहेको छ, भर्खरै सम्पन्न भएको खेलकुद महोत्सव त्यसको झल्को थियो’ उनले भने, ‘आगामी जेठमा हुने १०औंमा कोशी प्रदेशले सबैभन्दा धेरै पदक जित्नेगरी तयारी गर्नेछौं । सबैले त्यहीअनुरूप तयारी गर्नुहोस्, हामी सरकारको तर्फबाट सहयोग गर्ने कुरामा कुनै कमजोरी हुन दिनेछैनौं ।’

साथै, उनले १२औं राष्ट्रिय खेलकुद कोशी प्रदेशले आयोजना गर्ने बताउँदै त्यसका लागि आफूहरूले भौतिक संरचनाको निर्माण गर्ने पनि सुनाए ।

आगामी आर्थिक वर्षमा नै उक्त खेलकुदका लागि बजेट विनियोजन गर्ने पनि धारणा व्यक्त गरे ।

बोर्डका सदस्यसचिव पर्शुराम बस्नेतले दशौं राष्ट्रिय खेलकुदको तयारीस्वरूप बोर्डले विभिन्न प्रतियोगिताहरू आयोजना गरिरहेको सुनाए । १०औंमा कोशी प्रदेशले अधिक पदक जित्न सकोस् भन्ने उद्देश्य राखेर हालै प्रथम संस्करणको खेलकुद महोत्सव गरिएको उनको भनाइ छ ।

‘खेलाडीले खेलेरै जीवन निर्वाह गर्न सक्छन् भन्ने कुरालाई स्थापित गर्नका लागि हामीले निरन्तर रूपमा खेल गतिविधि गरिरहेका छौं,’ उनले भने, ‘खेलकुद महोत्सवले अरू प्रदेशलाई पनि सकारात्मक सन्देश दिएको छ । हामीले राम्रै प्रतिक्रिया पाइरहेका छौं ।’

खेलकुद गतिविधि मात्र नभएर खेलकुदका संरचना निर्माणमा पनि बोर्डले काम गरिरहेको बस्नेतले बताए ।

१२औं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि वैजनाथ क्रिकेट स्टेडियमको स्तरोन्नति गर्ने र त्यसमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै निमित्त सचिव फुयाँलले खेलकुद चलायमान बनाउन बोर्ड सक्रियताका साथ अगाडि बढिरहेको बताए ।

कार्यक्रममा खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्की, बोर्डकी सदस्य थलुराज राजभण्डारीलगायतको उपस्थिपत रहेको थियो । खेलकुद दिवसकै अवसर पारेर सोमबार बोर्ड परिसरमा योगाका विभिन्न अभ्यास हुने जनाइएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०