रंगेली अस्पतालमा ८० जनाले पाए हाइड्रोसिल र हर्नियाको निःशुल्क उपचार

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ चैत, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको रंगेली नगरपालिकाले संघीयतापछि आफ्नै मातहतमा राखेर सञ्चालनमा ल्याएको रंगेली अस्पतालले हाइड्रोसिल र हर्नियाको निःशुल्क उपचार सेवा दिइरहेको छ ।

छिमेकी पालिकाहरूदेखि छिमेकी मुलुक भारतसम्मका बिरामीले उपचार सेवा लिइरहेको यस अस्पतालमा हालसम्म ८० जनाले निःशुल्क उपचार सेवा लिएका छन् ।

Advertisement

आइसियूसहितको यस नगर अस्पतालबाट शल्यक्रियादेखि लिएर सबै उपचार निःशुल्क रूपमा भइरहेको छ ।

स्वास्थ्य कार्यालय मोरङसँगको सहकार्यमा शिविरमार्फत रंगेली अस्पतालले चैत ३ गतेबाट निःशुल्क सेवा दिइरहेको छ ।

सेवा सुरु भएयता अस्पतालबाट ८० जनाले सेवा पाइसकेका छन् । सेवा पाउनेमा युवा र वृद्ध रहेका छन् ।

मोरङका रंगेली, सुनवर्षी, रतुवामाई, धनपालथानसहित झापाको गौरीगन्जका २० देखि ६७ वर्षसम्मकाले हाइड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया गराएको अस्पतालले जनाएको छ ।

अस्पतालका चिकित्सक डा. हरेराम माझीका अनुसार पानी भरिएर पुरुषको अण्डकोष ठूलो हुनु नै हाइड्रोसिल हो ।

अण्डकोषको नियमित सरसफाइ नगरेमा संक्रमण भएर हाइड्रोसिल हुने उनको भनाइ छ ।

डा. माझीका अनुसार धेरै समयसम्म कडा परिश्रम गर्ने, भारी सामान बोक्नेहरुलाई बढी मात्रामा हाइड्रोसिल र हर्निया भएको पाइन्छ ।

रंगेली नगरपालिका–५ का शिवा मण्डलले पछिल्लो समय गाउँघरमा धेरै जनालाई हाइड्रोसिल र हर्नियाको समस्या देखिने गरेको बताए ।

तर, निःशुल्क सेवा पाउँदा आर्थिक अवस्था कमजोर भएकालाई राहत मिलेको उनको भनाइ छ ।

शिविरमार्फत रंगेली अस्पतालले हाइड्रोसिल र हर्नियाको निःशुल्क उपचार सुरु गरेपछि बिरामीको चाप पनि बढेको छ ।

बिरामीको चाप अत्यधिक रहेकाले शिविरको समय थप हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनिल देवले बताए ।

आइसियुलगायत सेवाका लागि विराटनगरलगायत अरूतिर जानुपर्ने बाध्यता टार्न भन्दै गत वर्ष नगरपालिकाले आइसियु सेवा सञ्चालनमा ल्याएको थियो ।

नगप्रमुख दिलीपकुमार अग्रवालले नगरभित्रका नौवटै वडामा बिमा कार्यक्रम लागू गरेका छन् ।

जेष्ठ नागरिक–अपांगता भएका बिरामीलाई निःशुल्कै बिमा गरिदिएको उल्लेख गर्दै नगरबासीलाई स्वास्थ्यको पहुँचमा ल्याउने काममा आफूहरू अग्रसर भएको उनले सुनाए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०