काठमाडौं । राष्ट्रिय फुटबल टोलीले सिंगापुर र मलेसियासँग खेल्न लागेको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले साेमबार २३ सदस्यीय खेलाडीको नामावली सार्वजनिक गरेको हो ।
दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका २७ खेलाडीबाट सिंगापुरसँगको मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसिएन कप–२०२७ छनोट खेलका लागि एन्फाले खेलाडी टोलीको घोषणा गरेको हो ।
नेपालले यही मार्च २१ तारिख सिंगापुर र मार्च २५ तारिख मलेसियासँग खेल्दै छ ।
मुख्य प्रशिक्षक म्याट रोसले टोलीमा तीन जना नयाँ खेलाडीलाई स्थान दिएका छन् । टोलीमा परेका तीन नयाँ खेलाडीमा गोलरक्षक अन्जल श्रेष्ठ, रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी छन् ।
नेपाली टोली
गोलकिपर : किरणकुमार लिम्बू, दीप कार्की र अन्जल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बू र सुमन श्रेष्ठ
मिडफिल्डर : रोहित चन्द, लाकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी र कृतिशरत्न छिन्जु
स्ट्राइकर : जिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुवास बम ठकुरी र रेजिन सुब्बा