होलीको रङ हटाउन घरमै बनाउन सकिन्छ प्राकृतिक प्याक

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ फाल्गुण, २०८१
१ वर्षअघि
Holi

विराटनगर । होलीका रङहरू प्राकृतिक होस् वा कृत्रिम, यसले छाला र कपालमा सुक्खापन निम्त्याउँछ ।

त्यसैले सुक्खा रङको लगातार प्रयोग र पटकपटक रङ निकाल्न पानीले धुँदा वा अन्य सामग्रीको प्रयोगले छाला र कपालमा प्राकृतिक तेलको कमी हुन सक्छ ।

जसले छाला सुक्खा हुने, पिम्पल आउने, कपाल सुक्खा हुने हुन्छ । होलीमा लगाएको रङ एकै पटकमा नजान सक्छ ।

यसका लागि मानिसहरूले पटक-पटक साबुन-पानीले रगडेर धुने गर्छन् । तर, यसले छालामा थप क्षति निम्त्याउन सक्छ । होलीको रङ समयसँग आफैँ जान्छ ।

होलीको रङ हटाउन, छालाको रङको साइड इफेक्टबाट छुटकारा पाउन र छालालाई नरम राख्नका लागि केमिकल प्रडक्टभन्दा पनि प्राकृतिक फेस प्याकको प्रयोग गर्न सकिने साई शृंगारका स्किन एन्ड ब्युटी थेरापिस्ट आकाश अग्रवाल बताउँछन् ।

उनका अनुसार प्राकृतिक फेस र हेयर प्याक घरमै सजिलैसँग बनाउन सकिन्छ ।

छालाको लागि फेस प्याकः

पाकेको मेवा, गुलाब जल, मह, र मुल्तानी मिट्टीको प्रयोग गरेर पपाया फेस मास्क तयार गर्न सकिन्छ । फेस प्याक वा मास्क १५ देखि २० मिनेट राख्ने र यसलाई चिसो पानीले पखाल्ने । वा कागतीको रस र महको बराबर भागको मिश्रण प्रयोग गरी पाँच मिनेटसम्म आफ्नो अनुहारलाई हल्का रूपमा मसाज गर्न सकिन्छ ।

केराको बोक्रालाई रगड्दा पनि होलीको रङबाट छुटकारा पाउन सकिन्छ ।

कपालको लागि हेयर मास्कः

​​​​​​​होलीपछि कपाल धेरै सुक्खा भएमा हेयर प्याक लगाउन सकिन्छ । यसका लागि एक कप काँचो दूधमा एक चम्चा मह मिसाउने ।

अब यो मिश्रणलाई कपालको जरादेखि टुप्पोसम्म लगाउने । कपालमा लगाएको यस मिश्रणलाई आधा घण्टा वा एक घण्टाका लागि राख्ने । त्यसपछि मनतातो पानी प्रयोग गरी स्याम्पुले कपाल धुनुपर्छ ।

होली खेलेपछि एक हप्ताका लागि हरेक रात कपालमा तेल मालिस गर्नु प्रभावकारी हुन्छ । कपालमा बदाम, नरिवल, जैतुन र क्यास्टर तेलको मिश्रण प्रयोग गर्न सकिन्छ । वा साधारण नरिवल तेल मात्र प्रयोग गर्न सकिन्छ ।

प्रकाशित समय: बिहिबार २९ फाल्गुण, २०८१, १७:००:३९

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०