महेन्द्र मोरङमा अखिल क्रान्तिकारीबाट सभापतिका उम्मेदवारमा रोहित यादव

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापति पदका उम्मेदवार रोहित यादवले विद्यार्थीहरूको हकहितमा निरन्तर लड्दै आएको र यसकारण आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् ।

बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार यादवले आफ्नो संगठनले विद्यार्थीहरूको अधिकारका लागि सधैँ लड्दै आएकोले चुनाव जित्ने दाबी गरको हुन् ।

‘हामी सधैँ विद्यार्थीहरूको हित र अधिकारका लागि लड्दै आएका छौं, र यही कारणले विद्यार्थीहरूले हामीलाई साथ दिनेछन्,’ उनले दाबीको साथ भने, ‘हामी विद्यार्थीहरूको आवाज हौं । विगतमा पनि हामीले विद्यार्थीहरूको शैक्षिक, प्राज्ञिक र भौतिक समस्याहरू समाधान गर्न ठूलो भूमिका निर्वाह गरेका छौं । हाम्रो मुख्य उद्देश्य विद्यार्थीहरूको गुणस्तरीय शिक्षा, सुरक्षित क्याम्पस वातावरण र उचित शैक्षिक शुल्क निर्धारण गर्नु हो ।’

यादवले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै क्याम्पसमा थप पुस्तकालय सुविधा, इन्टरनेट कनेक्टिभिटी सुधार, छात्रावास सुविधा विस्तार, र व्यावसायिक सीप विकास तालिमहरू आयोजना गर्ने वाचा गरे ।

उनले क्याम्पसमा हुने राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको विरुद्ध पनि खडा हुने प्रतिज्ञा गरे ।

अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पसको स्ववियूको लागि निर्वाचनमा सभापति पदका लागि रोहित यादवका साथै सचिवमा आयुद अछामी र कोषाध्यक्षमा राजिव यादवलाई उम्मेदवार बनाएको छ ।

सदस्यहरूमा गौतम मण्डल, सुजित यादव, रत्ना राजवंशी, आयुष कार्की, युनिष पाण्डे, प्राश्रा श्रेष्ठ र भुमेश्वर साहले उम्मेदवारी दिएका छन् ।

पत्रकार सम्मेलनमा सचिव पदका उम्मेदवार आयुद्ध अछामीले भने, ‘हामी विद्यार्थीहरूको योग्यता र क्षमता विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौं । हामीले उत्तीर्ण विद्यार्थीहरूलाई रोजगारी दिलाउन विभिन्न संस्थाहरूसँग सहकार्य गर्नेछौं ।’
कोषाध्यक्ष पदका उम्मेदवार राजिव यादवले स्ववियू कोषको पारदर्शी व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘हामी विद्यार्थीहरूको हितमा कोषको प्रयोग गर्नेछौं । विशेष गरी आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति र अन्य सहायता प्रदान गर्ने योजना छ ।’

यसैबीच बुधबार निर्वाचन कार्यालयमा भएको आगजनीले क्याम्पसमा तनावपूर्ण वातावरण सिर्जना गरेको छ । यस घटनाले आगामी निर्वाचनमा शान्तिपूर्ण रूपमा सम्पन्न हुने सम्बन्धमा चिन्ता बढाएको छ । पत्रकार सम्मेलनमा उम्मेदवार यादवले यस घटनाको कडा विरोध जनाउँदै भने, ‘क्याम्पस भित्र आगजनी र निर्वाचन अधिकारीलाई कोठामा थुन्नु यो गैरकानुनी हर्कत हो । हामी यस प्रकारको घटनाको घोर निन्दा र भत्र्सना गर्दछौं ।’

क्याम्पस प्रशासनले निर्वाचन प्रक्रियालाई सुरक्षित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ ।

विद्यार्थी संगठनहरूबीच बढ्दो तनावलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनले सबै विद्यार्थी संगठनहरूलाई संयमित हुन र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ ।

प्रहरी प्रशासनले पनि क्याम्पस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

निर्वाचन अधिकृत डा. शुशिल कुमार अधिकारीले आगामी निर्वाचन निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । उनले सबै विद्यार्थी संगठनहरूलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे ।

क्याम्पस प्रमुख डा. दिलीप कुमार श्रेष्ठले यस घटनालाई लिएर चैत ५ गते हुने यस निर्वाचनमा क्याम्पसका करिब ५ हजार ५ सय विद्यार्थीहरू मतदान गर्ने अधिकार रहेको छ ।

प्रकाशित समय: बिहिबार २९ फाल्गुण, २०८१, ०७:११:२१
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०