सरकार एक्लैले सबैथोक गर्न सक्दैन : मुख्यमन्त्री हिक्मत कार्की

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् ।

विराटनगरमा शुक्रबार विराटनगर ट्रक व्यवसायी सङ्घको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार एक्लैले सबैथोक गर्न नसक्ने भएकाले सहकार्य गरेर अगाडि बढ्नका लागि सरकार तयार रहेको बताएका हुन् ।

कोशी प्रदेश सरकारले सहकार्यकै मोडललाई ध्यान दिँदै ट्रक व्यवसायीसँग विराटनगरको पार्किङलाई व्यवस्थित गर्न २ करोड रुपैयाँ छुट्याएर काम गरेको जानकारी दिए ।

कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने तयारी गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनले प्रदेशमा लगानीको वातावरण बन्ने र निजी क्षेत्रसँगको सहकार्य पनि वृद्धि हुने बताए ।

प्रदेश सरकार सुशासन कायम गर्दै विकास र समृद्धितर्फ अगाडि बढेको र असारे विकासलाई निरुत्साहन गर्न समेत लागिपरेको चर्चा गर्दै कार्कीले सुशासनमार्फत समृद्धि हासिल गर्ने बताए ।

उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने क्षेत्रमा साझेदारीमार्फत काम गर्न प्रदेशले चाहिरहेको उल्लेख गर्दै उनले व्यवसायीहरूलाई नयाँ नयाँ क्षेत्रमा काम गर्न आग्रह गरे ।

‘ यस्तो काम गर्दा सरकार पनि सँगसँगै हातेमालो गर्छ’, उनले भने ,’सहकार्य र हातेमालोको माध्यमबाट राष्ट्रिय पुँजी समेत विकास गर्न सकिन्छ।’

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार यातायात क्षेत्रको सुधारका लागि लागिपरेको उल्लेख गरे ।

कार्यक्रममा ट्रक व्यवसायीहरुले आफूहरूले भोग्नु परेको समस्या का बारेमा मुख्यमन्त्रीलाई अवगत गराएका थिए ।

कार्यक्रममा ढुवानी व्यवसायी शम्भुप्रसाद भट्टराईले ढुवानीका क्षेत्रको समस्या समेत सम्बोधन गर्नका लागि आग्रह गरे ।

व्यवसायी मेघराज सिग्देलका अनुसार अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रकाशित समय: शुक्रबार २३ फाल्गुण, २०८१, २०:०५:५२

सम्बन्धित खबर

लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने

बिहिबार ८ असोज, २०८३
१ दिनअघि

एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित

बिहिबार ८ असोज, २०८३
२ दिनअघि

कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

बिहिबार ८ असोज, २०८३
२ दिनअघि

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित

बिहिबार ८ असोज, २०८३
२ दिनअघि

कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा

बिहिबार ८ असोज, २०८३
२ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
४ हप्ताअघि
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०