ताप्लेजुङ : चार शिक्षक र १५० विद्यार्थी एक्कासी बिरामी, तीन दिन विद्यालय बन्द

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १७ फाल्गुण, २०८१
२ वर्षअघि

फुङ्लिङ । विद्यार्थी बिरामी भएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका दुई विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

मेरिङदेन गाउँपालिका ५ थुकिमाका त्रिभुवन माध्यमिक विद्यालय र जन ज्योति आधारभूत विद्यालय मङ्गलबारसम्मका लागि बन्द गरिएको हो ।

Advertisement

त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल लिम्बूका अनुसार तीन सयभन्दा बढि विद्यार्थीहरुमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, र पेट दुख्ने लक्षण देखिएकोले तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

त्रिभुवन माध्यमिक विद्यालयका १५० जना विद्यार्थीसँगै चार जना शिक्षकमा उक्त लक्षण देखा परेको छ ।

यस्तै जन ज्योति आधारभूत विद्यालयमा भने सत प्रतिशतमा उक्त लक्षण देखा परेको बताइएको छ । विद्यालयसँगै समुदाय स्तरमा नै उक्त प्रकारको लक्षण देखा पर्न थाले पछि एक हप्ताका लागि विद्यालय बन्द गर्ने कुरा आए पनि एसइईलाई मध्यनजर गर्दै तीन दिनसम्मका लागि मात्र विद्यालय बन्द गरिएको प्रअ लिम्बूले बताए ।

विद्यालयबाट सूचना प्राप्त भएलगत्तै जनसमुदाय तथा अन्य विद्यालयमा पनि सङ्क्रमण फैलन नदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गाउँपालिकाले गरेरको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख उदयकुमार यादवले जानकारी दिए ।

विद्यालयमा उपस्थित नभएका विद्यार्थीमा पनि ज्वरो आउने खोकी लाग्ने जिउ दुख्ने नाकबाट पानी बग्ने टाउको दुख्ने र पेट दुख्नेलगायतका लक्षण देखा परेको उनको भनाइ छ ।

भाइरल इन्फ्लुएन्जा भाइरसले फ्लु जस्ता सङ्क्रमणका कारणले यस्तो अवस्था हुनसक्ने यादवले बताए ।

इन्फ्लुएन्जा भाइरस परीक्षणका लागि विराटनगरबाट किट झिकाइएको र सो नमुना परीक्षण ल्याब टेस्टका लागि विराटनगर पठाउने र रिपोर्ट आएपछि मात्र के समस्या हो भन्ने थाहा हुने यादवको भनाइ छ । यस्तै, थप सङ्क्रमण हुन नदिन गाउँपालिकाले थप स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१ हप्ताअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
१ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ हप्ताअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०