ताप्लेजुङ : चार शिक्षक र १५० विद्यार्थी एक्कासी बिरामी, तीन दिन विद्यालय बन्द

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १७ फाल्गुण, २०८१
२ वर्षअघि

फुङ्लिङ । विद्यार्थी बिरामी भएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका दुई विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

मेरिङदेन गाउँपालिका ५ थुकिमाका त्रिभुवन माध्यमिक विद्यालय र जन ज्योति आधारभूत विद्यालय मङ्गलबारसम्मका लागि बन्द गरिएको हो ।

Advertisement

त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल लिम्बूका अनुसार तीन सयभन्दा बढि विद्यार्थीहरुमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, र पेट दुख्ने लक्षण देखिएकोले तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

त्रिभुवन माध्यमिक विद्यालयका १५० जना विद्यार्थीसँगै चार जना शिक्षकमा उक्त लक्षण देखा परेको छ ।

यस्तै जन ज्योति आधारभूत विद्यालयमा भने सत प्रतिशतमा उक्त लक्षण देखा परेको बताइएको छ । विद्यालयसँगै समुदाय स्तरमा नै उक्त प्रकारको लक्षण देखा पर्न थाले पछि एक हप्ताका लागि विद्यालय बन्द गर्ने कुरा आए पनि एसइईलाई मध्यनजर गर्दै तीन दिनसम्मका लागि मात्र विद्यालय बन्द गरिएको प्रअ लिम्बूले बताए ।

विद्यालयबाट सूचना प्राप्त भएलगत्तै जनसमुदाय तथा अन्य विद्यालयमा पनि सङ्क्रमण फैलन नदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गाउँपालिकाले गरेरको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख उदयकुमार यादवले जानकारी दिए ।

विद्यालयमा उपस्थित नभएका विद्यार्थीमा पनि ज्वरो आउने खोकी लाग्ने जिउ दुख्ने नाकबाट पानी बग्ने टाउको दुख्ने र पेट दुख्नेलगायतका लक्षण देखा परेको उनको भनाइ छ ।

भाइरल इन्फ्लुएन्जा भाइरसले फ्लु जस्ता सङ्क्रमणका कारणले यस्तो अवस्था हुनसक्ने यादवले बताए ।

इन्फ्लुएन्जा भाइरस परीक्षणका लागि विराटनगरबाट किट झिकाइएको र सो नमुना परीक्षण ल्याब टेस्टका लागि विराटनगर पठाउने र रिपोर्ट आएपछि मात्र के समस्या हो भन्ने थाहा हुने यादवको भनाइ छ । यस्तै, थप सङ्क्रमण हुन नदिन गाउँपालिकाले थप स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०