आगामी निर्वाचनमा ६४ सालको परिणाम फर्काउने तयारी थाल्यो माओवादीले

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । नेकपा माओवादी केन्द्रले २०८४ को संसदीय निर्वाचनमा २०६४ को परिणामलाई दोहोर्‍याउने गरी तयारी सुरु गरेको छ ।

माओवादी केन्द्र प्रदेश १ ले २०६४ सालको निर्वाचनको परिणाम दोहोर्‍याउने गरी “जनवादी प्रजातान्त्रिक, तराई-मधेश जनजागरण अभियान” सञ्चालन गर्ने भएको हो ।

विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै कोशी प्रदेश समितिको बैठकले गरेको निर्णय सार्वजनिक गरिएको थियो ।

निर्णय सार्वजनिक गर्दै पार्टीका केन्द्रीय उपमहासचिव एवं कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले २०८४ मा २०६४ को परिणामलाई दोहोराउने गरी जनता सँग माओवादी तराई मधेस जनजागरण अभियान सञ्चालन गर्न लागेको बताए ।

नेकपा माओवादी केन्द्र जनयुद्ध पछि २०६४ सालको पहिलो संविधानको सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर २३८ सिट जितेको थियो ।

प्रत्यक्षतर्फ २४० मध्ये १२२ सिट माओवादीले जितेको बेला झापाबाट नेकपा एमालेका केपी शर्मा ओली, नेपाली कांग्रेसका कृष्ण सिटौला, मोरङबाट एमालेका भरतमोहन अधिकारी पराजित भएका थिए ।

गजुरेलले माओवादीलाई पुरानै अवस्थामा फर्काउन र सशक्त क्रान्तिकारी पार्टी बनाउन पार्टी छोडेर गएका नेता कार्यकर्तालाई पार्टीमा फर्काउने निर्णय भएको बताए ।

फागुन ३ गते नेकपा माओवादी केन्द्र कोशी प्रदेशको बैठक बसेको थियो । बैठकमा पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ, सहभागी थिए ।

पार्टीको प्रदेश कार्यालय विराटनगरले जारी गरेको विज्ञप्तिमा फागुन १२ देखि विभिन्न कार्यक्रमहरू आयोजना गरिने उल्लेख छ ।

कार्यक्रम अनुसार फागुन १२ गते कानेपोखरी गाउँपालिकामा अभियानको उद्घाटन हुनेछ । उद्घाटन कार्यक्रममा पार्टीका अध्यक्ष प्रचण्डसहित पदाधिकारी टिम सहभागी हुने जनाइएको छ ।

त्यसैगरी फागुन १३ गते मोरङको रतुवामाई नगरपालिका र विराटनगरमा जनसम्वाद कार्यक्रम हुनेछ । फागुन १४ गते सुनसरीको वर्जु गाउँपालिकामा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरिने भएको छ ।

अभियान अन्तर्गत पार्टी प्रवेश कार्यक्रम, समाजवादी संस्कृति र चेतना जगाउने कार्यक्रम, किसान समस्या समाधान र कृषि विकास सम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै भ्रष्टाचार, हिलालुटी, कर छली र अनियमितताविरुद्ध पनि अभियान सञ्चालन गरिने भएको छ । कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू सहभागी हुने जनाइएको छ ।
विज्ञप्तिमा उल्लेख भए अनुसार बैठकबाट १२ वटा समसामयिक प्रस्ताव पारित गरिएको छ ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले अभियानको दौरान सुनसरी, मोरङ र झापाबाट ५ हजार नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने तयारी सुरु भइसकेको बताए ।

प्रकाशित समय: सोमबार ५ फाल्गुण, २०८१, १६:५४:५८

सम्बन्धित खबर

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

बुधबार १३ साउन, २०८३
३ दिनअघि

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता

बुधबार १३ साउन, २०८३
३ दिनअघि
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०