लाइफ गार्ड हस्पिटलमा वरिष्ठ फिजिसियन डाक्टर मोहन खड्कालाई स्वागत

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ६ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका–५ बरगाछीमा रहेको लाइफ गार्ड हस्पिटलले वरिष्ठ फिजिसियन डाक्टर मोहन खड्कालाई स्वागत गरेको छ । सोमबार अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै पाचन स्वास्थ्यका विशेषज्ञ डाक्टर खड्कालाई स्वागत गरिएको थियो ।

विराट टिचिङ हस्पिटल, नोबेल अस्पतालमा काम गरिसकेका डाक्टर खड्कालाई अस्पतालका म्यानेजिङ डाइरेक्टर इन्द्रबहादुर भुजेल, अध्यक्ष डा. शिवराजा ओझा, अस्पताल म्यानेजर निरोज श्रेष्ठ, सञ्चालक समिति सदस्य युरो सर्जन इकवाल अहमदलगायतले स्वागत गरेका थिए ।

Advertisement

स्वागत कार्यक्रममा बोल्दै एमडी भुजलेले कोशी प्रदेशकै अनुभवी वरिष्ठ डिएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट खड्कालाई भित्र्याउन डेढ करोड खर्चिएर अत्याधुनिक उपकरण जोडेको सुनाए । आवश्यक स्वास्थ्य औजार थपेर उपचार प्रक्रियालाई व्यवस्थित गर्ने उनको भनाइ छ ।

लेटाङ नगरपालिका स्थायी घर भएका खड्काले २२ वर्षअघि एमबिबिएस डाक्टरको उपाधि पाएका हुन् । खड्काले भारतको मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा एमबिबिएस सकेका थिए । शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट हुँदै छात्रवृत्तिमा एमबिबिएस पढेका डा. खड्काले थुप्रै मुलुकबाट डिग्री र अनुभव संगालेका छन् ।

पछिल्लो चार वर्षयता विराटनगर बसेर स्वास्थ्यकर्मीको भूमिका निभाइरहेका उनले एमबिबिएसका अलावा एमडी र डिएम पनि सकेका छन् । पाचन प्रणालीसँग सम्बन्धित रोगका विशेषज्ञसमेत रहेका खड्काले अब लाइफगार्ड हस्पिटलमा पाचन प्रक्रियासँग सम्बन्धित स्वास्थ्यसमस्याका साथै ग्यास्ट्रिक, सानो र ठुलो आन्द्रा, प्यानक्रियाज र कलेजोसम्बन्धी कुनै पनि रोगको उपचार हुने बताए ।

त्यसबाहेक इन्डोस्कोपी तथा कोलोनोस्कपी गरेर तत्काल अपरेसन गर्ने तथा पित्तनलीमा भएको पत्थरी हटाउने र जन्डिसम्मको उपचार आफूले बिरामीलाई उपचार गर्ने बताउँदै डाक्टर खड्काले विपन्न वर्गका बिरामीलाई भने निःशुल्क परीक्षण र उपचार पनि गर्ने प्रतिबद्धता जनाए ।

अत्याधुनिक प्रविधिद्विारा दीर्घकालीन पेट दुखाइ, पेट सुन्निएको, अल्सर, कलेजो र प्यान्क्रियाज रोग, पाचनसम्बन्धी सम्पूर्ण रोगको उपचार तथा उचित परामर्शका साथै उच्चस्तरीय इन्डोस्कोपी, कोलोनोस्कोपी र इआरसिपीको सुविधासहित उपचार हुने डाक्टर खड्काको भनाइ छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
६ दिनअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
१ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ हप्ताअघि

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
२ हप्ताअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०