राष्ट्रिय राजनीतिमा सक्रिय पूर्वराष्ट्रपति भण्डारी, एमाले नै फर्किने संकेत

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ माघ, २०८१
२ महिनाअघि

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताएकी छन् ।

विराटनगरमा सोमबार पत्रकारहरूसँग भेटघाट गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफूले शिक्षा, स्वास्थ्य, आर्थिक समानता, जलवायु र वातावरणको विषयमा छलफल गरिरहेको र ती विषय राजनीतिभन्दा भिन्न नरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘हामी कोही पनि राजनीतिबाट फरक छैनौं, तपाईंहरूले कसरी बुझ्नुहुन्छ । तर, मैले पछिल्लो समय शिक्षा, स्वास्थ्य, जलवायु आदि विषयमा जसरी छलफल गरिरहेकी छु । ती राजनीतिबाट भिन्न छैनन्, त्यस अर्थमा म राष्ट्रिय राजनीतिमा सक्रिय नै छु । रह्यो दलीय राजनीतिको कुरा त्यस विषयमा अहिले म प्रवेश गरिसकेको छैन, राष्ट्रिय, अन्तर्राष्ट्रिय आदि परिवेशहरू पनि छन्, समय आएपछि कुन दलको राजनीति कसरी गर्ने वा नगर्ने भन्ने होला ।’

उनले दलीय राजनीतिमा आएको खण्डमा नेकपा एमाले नै आफ्नो रोजाइमा पर्नसक्ने संकेत गरिन् । उनले भनिन्, ‘म नेकपा एमालेबाट हुर्किएकाले जाँदा त्यहाँ नै हो । तर छलफलको चरणमा प्रवेश गरेको छैन ।’

पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनः माओवादी केन्द्रको राजनीतिमा सहभागी भएकोमा आफूलाई खुसी लागेको बताइन् ।

‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ, राजनीति गरेर आउनु भएको हो । म राष्ट्रपति, उहाँ उपराष्ट्रपति भएर सात वर्ष सहकार्य गरेको हो । खुसी नै लागेको छ, मेरो शुभेच्छा छ,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

पछिल्ला समय मिडियाहरूमा आफ्नो राजनीतिक सक्रियता आदि विषयमा भएका चर्चाहरू सही नभएको र कसैले भ्रम नराख्न आग्रह गरिन् ।

प्रकाशित समय: सोमबार १४ माघ, २०८१, १९:०६:५५

सम्बन्धित खबर

स्ववियु निर्वाचन : इलामको एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत

मङ्गलबार ४ चैत, २०८१
१६ घण्टाअघि

महेन्द्र मोरङमा अखिल क्रान्तिकारीबाट सभापतिका उम्मेदवारमा रोहित यादव

बिहिबार २९ फाल्गुण, २०८१
६ दिनअघि

ट्रम्पले आणविक सम्झौताका लागि इरानलाई लेखे पत्र

शनिवार २४ फाल्गुण, २०८१
२ हप्ताअघि

सरकार एक्लैले सबैथोक गर्न सक्दैन : मुख्यमन्त्री हिक्मत कार्की

शुक्रबार २३ फाल्गुण, २०८१
२ हप्ताअघि

एमाले मोरङमा विनोद ढकाल पक्षको प्यानल नै विजयी

शुक्रबार २३ फाल्गुण, २०८१
२ हप्ताअघि

मुख्यमन्त्री कार्की भन्छन् : पहाडी क्षेत्रको बसाइँसराइ रोक्नेगरी योजना बनाउनुपर्छ

बुधबार २१ फाल्गुण, २०८१
२ हप्ताअघि
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
स्ववियु निर्वाचन : इलामको एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत
मङ्गलबार ४ चैत, २०८१
मोरङको धनपालथानमा भीषण आगलागी : एक बालिकाको मृत्यु, नौ घर जले (तस्बिरहरू)
मङ्गलबार ४ चैत, २०८१
झापामा निर्माणाधीन आफ्नै घरबाट लडेर एक जनाको मृत्यु
मङ्गलबार ४ चैत, २०८१
नवनियुक्त आइजी थापाको ठहर : प्रहरीमा व्यापक सुधारको आवश्यक छ
मङ्गलबार ४ चैत, २०८१
अकासिँदै छ सुनको मूल्य, आज ११ सय रुपैयाँले बढेपछि बन्यो नयाँ रेकर्ड !
मङ्गलबार ४ चैत, २०८१
स्ववियु निर्वाचनमा ६७ वर्षीय वृद्धले गरे मतदान
मङ्गलबार ४ चैत, २०८१
प्रहरीमा जागिर लगाइदिने भन्दै दुई लाख ७५ हजार रुपैयाँ ठगी, एक महिला पक्राउ
मङ्गलबार ४ चैत, २०८१
सिंगापुर र मलेसियाविरुद्ध नेपालका तीन नयाँ अनुहार
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०