८४ मा ६४ को जस्तै बहुमत दिनुस्, हामी सच्चिन्छौं : प्रचण्ड

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ माघ, २०८१
१ वर्षअघि

दाङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू सच्चिने भन्दै २०८४ मा बहुमत दिन आग्रह गरेका छन् ।

माओवादी केन्द्र तुलसीपुर नगर कमिटीले शुक्रबार  आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन गर्दै उनले २०६४ कै जस्तो बहुमत दिन आग्रह गरे ।

Advertisement

उनले भने, ‘६४ मा जुन मत दिएर हामीलाई बहुमत दिनुभयो । अब ८४ मा पनि त्यस्तै माया गरेर बहुमत दिनुहोस् । हामी बहुमतमा आउने छौँ । त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जराकिला उखेलेर फाल्ने छ ।’

यस्तै उनले त्यो बहुमतले यो देशमा सामाजिक विभेदको पुरै अन्त्य गर्ने र यो देशलाई आर्थिक विकास र रोजगारीको एउटा नयाँ युगतिर लैजानेसमेत बताए ।

उनले भने,‘ म यो बारेमा तपाईँहरूसँग सङ्कल्प गरेको छु । तपाईँहरूले यस बारेमा विचार गरिदिनुहोला । आफ्ना छोराछोरी सम्झेर, माफी दिएर ८४ मा ६४ झै माया गरेर बहुमत दिनुहोला । त्यसको न्यायाधीश तपाईँहरू नै हो ।’

उनले माओवादी आन्दोलनबाट विभाजित भएका सबै पार्टीहरूलाई एकताबद्ध गर्ने अभियान शुरु गरेको भन्दै त्यो अभियान छिट्टै सार्थक हुने पनि बताए ।

अब सुशासन, सामाजिक न्याय र आर्थिक विकासको लडाइँमा माओवादी पार्टी लड्न चाहेको भन्दै त्यसको नेतृत्वको हैसियतले आफू जीवनको अन्तिमसम्म लडेर जितेर अगाडि जान चाहेकाले साथ दिन आग्रह गरे । उनले विधान मिचेर बनेको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको समेत बताए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
सांसद् थपलियाले भनिन्, सुकुम्बासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०