जाडोमा खुट्टाको छालाको स्याहार गर्ने घरेलु विधिबारे जानिराखौं

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ माघ, २०८१
२ वर्षअघि

विराटनगर । जाडोयामले छोएसँगै छालाको सौन्दर्य कायम राख्न चुनौतीपूर्ण बन्ने गर्छ ।

यो मौसममा छालाहरू रुखो र खस्रो हुने गर्छ भने जाडोयाममा खुट्टा फुट्ने, सुन्निनेजस्ता विभिन्न समस्या देखा पर्छन् ।

Advertisement

चिसोका कारण खुट्टाको छाला पाप्रा बनेर निस्कनेजस्ता समस्या पनि आउँछन् ।

त्यसैले जाडोयाममा खुट्टाको स्याहारमा विशेष ध्यान पुर्‍याउनुपर्छ । मुख्यतयाः महिलाहरू घरायसी तथा बाहिरी कार्य व्यस्तताले जाडोयाममा खुट्टाको स्याहारमा ध्यान पुर्‍याउन सकिरहेका हुँदैनन् ।

महिलाजस्तै पुरुष पनि दिनभर कार्यालय तथा अन्य कार्यको व्यस्तताले गर्दा खुट्टाको सरसफाइमा ध्यान पुर्‍याउन सकिरहेका हुँदैनन् ।

जाडो मौसममा चिसोका कारण नियमित खुट्टा धुन मन नलाग्ने तथा धुन नभ्याउने, नियमित जुत्ता तथा मोजा लगाउनेजस्ता कारणले गर्दा खुट्टाको छालामा विभिन्न प्रकारका समस्या देखा पर्छन् ।

चिसोले गर्दा कुर्कुच्चा फुट्ने, नियमित मोजा तथा जुत्ता लगाइने हुँदा खुट्टाको नङ फोहोर हुने तथा सुन्निएर पाक्ने समस्या सामान्य रूपमा देखिन्छन् ।

त्यसैगरी खुट्टामा फोहोर जमेर छाला फुट्ने, खुट्टाको छाला फुस्रो हुने, चायाँजस्तो बनेर उप्कने, खुट्टा सुन्निने र दुख्ने जस्ता समास्या प्रायः देखिने गर्छ ।

खुट्टाको सरसफाइ र छालाको हेरचाहका लागि खुट्टा सफा राख्न ब्युटी पार्लर गएर पेडिकेयर पनि गर्न सकिन्छ ।

सौन्दर्य विज्ञ सरिता शर्मा जाडोमा खुट्टाको छालाको स्याहार गर्ने घरेलु विधि सुझाएकी छन् ।

घरमै पनि खुट्टाको सरसफाइ गरेर आफ्नो खुट्टालाई सुन्दर बनाउन सकिने उनको भनाइ छ ।

जसका लागि खुट्टा डुबाउन मिल्ने बाटामा मनतातो पानीलाई राख्ने र त्यसमा गुलाबजल, कागतीको रस, केही मात्रामा नुन, डिटोलको केही थोपा र सेम्पु हालेर करिब १५ मिनटसम्म खुट्टा डुबाएर राख्ने गरेमा राहत हुने गर्छ ।

यसरी मनतातो पानीमा खुट्टा डुबाएर राख्दा खुट्टा नरम हुन्छ, खुट्टालाई फोहोर सफा गर्ने खस्रो काठ वा खस्रो ढुंगाद्वारा कुर्कुच्चामा भएको मरेको छालालाई घोटेर सफा गर्नुपर्छ ।

नरम ब्रसद्वारा नङ र कुर्चुच्चामा हलुकासँग ब्रस गर्ने यो प्रक्रिया सकिएपछि कुर्कुच्चालाई हातले हलुकासँग मालिस गर्ने यसपछि खुट्टालाई राम्रोसँग मनतातो पानीले पखालेर पुछ्ने गर्नुपर्छ।

मसाज क्रिमद्वारा खुट्टालाई मालिस गर्ने यसरी खुट्टालाई मसाज क्रिमद्वारा मालिस गर्दा खुट्टा नरम हुनुका साथै शरीर एवं टाउकासम्म रक्त सञ्चारलाई फाइदा पुर्‍याउँदै शरीर दुखाइलाई पनि कम गर्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०