कोशीका पूर्वमुख्यमन्त्री थापा झापामा कुटिए, देब्रे आँखामाथि चोट

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ५ माघ, २०८१
६ महिनाअघि

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापामाथि गृहजिल्ला झापामा आक्रमण भएको छ ।

थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिबार साँझ आक्रमण भएको हो ।

आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भिआइपी सवार गाडीलाई साइड नदिएको र भिआइपी भनेर चिनेपछि आक्रमण गरेको कांग्रेसले बताएको छ ।

थापाको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ ।

उनको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको कांग्रेस झापाले जनाएको छ ।

थापाले नागरिकको ज्यानको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो घटनाले जिल्लाको शान्ति सुरक्षा कस्तो रहेछ भनेर छर्लङ्ग भएको उनको भनाइ छ ।

थापा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कने क्रममा आक्रमणमा परेका हुन् ।

प्रकाशित समय: शनिवार ५ माघ, २०८१, २१:१३:१६

सम्बन्धित खबर

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन

शुक्रबार २० असार, २०८२
६ दिनअघि

स्वास्थ्यमन्त्री प्रदीप पौडेल डिस्चार्ज

शुक्रबार २० असार, २०८२
६ दिनअघि

कांग्रेस बैठकमा नेताहरूलाई सुझाव- कार्यकार्ता असन्तुष्ट छन्, कार्यशैली सुधार्नुस्

शुक्रबार २० असार, २०८२
६ दिनअघि

पूर्वराष्ट्रपति भण्डारीको घोषणा : अब एमाले राजनीतिमा फर्कन्छु

शनिवार १४ असार, २०८२
२ हप्ताअघि

सर्वोच्च अदालत पुगेका मुकुल ढकालको माग : मलाई रास्वपाको महामन्त्रीमा कायम राख्नुपर्छ

बिहिबार १२ असार, २०८२
२ हप्ताअघि

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

बिहिबार १२ असार, २०८२
२ हप्ताअघि
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०