बूढीगंगामा लापसे परीक्षण, लापसे गरेर गाडी कुदाउने ११ जना ड्राइभर पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २३ पुस, २०८१
१ वर्षअघि

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह-चालकहरूको स्वास्थ्य परीक्षण तथा लागुऔषध पदार्थ सेवन (लापसे) जाँच गरिएको छ ।

मंगलबार सुरक्षा निकायले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण तथा लापसे जाँच गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र बूढीगंगा गाउँपालिका तथा विराट टिचिङ अस्पतालको सहकार्यमा उक्त स्वास्थ्य शिविर गरिएको थियो ।

शिवरमा ५० जना सडक प्रयोगकर्ता, ५५ जना चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

जसमा ११ जना सवारी चालकहरूले लापसे सेवन गरेको पाइएकोले आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आथित्यता तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले सवारी साधन हाम्रो दिनचर्यालाई सहज बनाउन अति आवश्यक भए पनि सवारी साधनबाट हुने दुर्घटना हाम्रोसामु ठुलो चुनौतीका रूपमा रहेको सुनाए ।

यस्ता विविध कारणबाट हुने सवारी दुर्घटनाहरूमध्ये सबैभन्दा बढी चालकको लापरबाहीको कारणबाट भएको तथ्यांकले देखाउने उनको भनाइ छ ।

तीमध्ये कतिपय दुर्घटनाहरू चालकहरूको स्वास्थ्य अवस्था कमजोर भएर पनि हुने गरेको कारण एउटा स्वस्थ्य चालकले मात्र सुरक्षित यात्रा सुनिश्चित गर्न सक्छ भन्ने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरीया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, विभिन्न सुरक्षा निकायका प्रमुखहरू स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रकाशित समय: मङ्गलबार २३ पुस, २०८१, १९:०५:३८

सम्बन्धित खबर

‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’

आईतबार ३१ जेठ, २०८३
१६ घण्टाअघि

च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा

आईतबार ३१ जेठ, २०८३
१८ घण्टाअघि

कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 

आईतबार ३१ जेठ, २०८३
१९ घण्टाअघि

इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

आईतबार ३१ जेठ, २०८३
२० घण्टाअघि

पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु

आईतबार ३१ जेठ, २०८३
२३ घण्टाअघि

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

आईतबार ३१ जेठ, २०८३
२३ घण्टाअघि
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 
आईतबार ३१ जेठ, २०८३
इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
आईतबार ३१ जेठ, २०८३
पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु
आईतबार ३१ जेठ, २०८३
कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
आईतबार ३१ जेठ, २०८३
विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा
आईतबार ३१ जेठ, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै, यस्ता छन् भ्रमणका उद्देश्य
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०