कोशीमा कांग्रेस संसदीय दलका नेतालाई गाडी सुविधा दिने निर्णयमा कारण देखाऊ आदेश जारी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २२ पुस, २०८१
१ महिनाअघि

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई गाडी सुविधा दिने कोशी प्रदेश सरकारको निर्णयविरुद्ध उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश जारी गरेको छ ।

गत असोज १३ गते बसेकाे मन्त्रिपरिषद् बैठकले  प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिलाई मासिक १२५ लिटर इन्धन सुविधा थप गर्ने र सत्ता पक्षको प्रमुख घटक दल नेपाली कांग्रेसका संसदीय दलका नेता थापालाई एउटा हलुका सवारी साधन, एकजना सवारी चालक र मासिक १२५ लिटर इन्धन उपलब्ध गराउने निर्णय गरेको  थियो ।

एमाले काँग्रेसका बीचमा गठबन्धन हुँदै हिक्मत कार्कीको नेतृत्वमा सरकार बनेपछि संसदीय दलका नेता थापालाई गाडी सुविधा दिने निर्णय भएको थियो ।

त्यसयता पूर्वमुख्यमन्त्री समेत रहेका थापाले सवारी सुविधा उपभोग गर्दै आएका थिए ।

तर, यो निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको थियो ।

प्रदेश सरकारले काँग्रेस संसदीय दलका नेता थापालाई प्रदेश सरकाले दिएको सुविधा गैर कानूनी रहेको भन्दै अधिवक्ताद्वय कर्णबहादुर राई र प्रेम कुमार घिमिरेले आइतबार उच्च अदालत विराटनगरमा अन्तरिम आदेशयुक्त परमादेशसहितको माग गर्दै रिट दायर गरेका थिए ।

सोमबार उच्च अदालत विराटनगरकी न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले सोमबार कारण देखाउ आदेश जारी गरेको हो ।

अदालतले रिटमा अन्तरिम आदेश जारी हुने वा नहुने भन्नका लागि दुवै पक्षलाई पुस २९ गते छलफलमा बोलाउने निर्णय गरेको छ ।

प्रकाशित समय: सोमबार २२ पुस, २०८१, १९:२२:१४
प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुन्छ : मुख्यमन्त्री कार्की
बुधबार ३० माघ, २०८१
किड्स भिलेजमा बालबालिकाको सर्वांगीण विकासका लागि चार दिने ‘स्पोर्ट्स मिट’
बुधबार ३० माघ, २०८१
दुई लाख रुपैयाँसम्म पुग्न सक्छ, सुनको भाउ !
बुधबार ३० माघ, २०८१
कपिलवस्तु अदालतका दुई कर्मचारी भ्रष्टाचारी ठहर !
मङ्गलबार २९ माघ, २०८१
मेयर बालेनको काम मात्र होइन, सिर्जना पनि ‘ट्रेन्डिङ’ मा (भिडियोसहित)
मङ्गलबार २९ माघ, २०८१
बलात्कारका
झापामा १० वर्षीया बालिका बलात्कृत, २१ वर्षका आचार्य समातिए
मङ्गलबार २९ माघ, २०८१
बराहक्षेत्रमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु
मङ्गलबार २९ माघ, २०८१
ओभरटेक गर्दा कारले ठक्कर दियो सडक छेउमा बसिरहेको मानिसलाई, एक जना गम्भीर घाइते
मङ्गलबार २९ माघ, २०८१
खोटाङमा आरोप पुष्टि नभई प्रहरीले हत्कडी लगाएको भन्दै बलात्कारका आरोपित झुन्डिए !
सोमबार २८ माघ, २०८१
सार्वजनिक शौचालय बनाउन सुन्दरहरैंचा विराट एक्स्पो
सोमबार २८ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०