विश्वको सबैभन्दा वृद्धा उमेरकी महिलाको कथा !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ पुस, २०८१
२ वर्षअघि

विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको छ । आफ्नै नर्सिङ होममा शनिबार उनको निधन भएको आशिया सहरका मेयरले जानकारी दिएका छन् ।

इटोका उक्त नर्सिङ होममा पछिल्लो पाँच वर्षयता रहँदै आएकी थिइन् । इटोकाका चार छोराछोरी र पाँच नातिनातिना छन् ।

Advertisement

उनको जन्म आशियानजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो ।

स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।

सेप्टेम्बर २०२४ मा गिनिज बुक अफ रेकर्डले उनलाई सर्वाधिक वृद्धा महिला घोषणा गरेको थियो । त्यसबेला उनले आफ्नो ११६औं जन्मदिन मनाउँदै थिइन् । त्यसबखत टोमिको २३औं सबैभन्दा वृद्ध व्यक्ति थिइन् ।

मेइजी सम्राटको शासनकालमा ओसाकामा जन्मिएकी टोमिको आफ्नो परिवारकी जेठी छोरी र माझिलो सन्तान थिइन् ।

प्राथमिक शिक्षा पूरा गरेपछि उनले एक बालिका विद्यालयमा अध्ययन गरिन्, जहाँ उनी भलिबल टोलीकी सक्रिय सदस्य थिइन् । २० वर्षको उमेरमा विवाह गरेपछि उनका दुई छोरी र दुई छोराको जन्म भयो । उनका धेरै नाति–नातिना र पनाति–पनातिनाहरू पनि छन् ।

जब जापान दोस्रो विश्वयुद्धमा सामेल भयो, त्यस बेला टोमिको ३२ वर्षकी थिइन् । युद्धकालमा उनले आफ्ना सबै बालबच्चाको हेरचाह गर्नुको साथै श्रीमानको कपडा कारखानाको कार्यालय पनि सम्हाल्नुपर्थ्यो ।

१९७९ मा श्रीमानको निधनपछि उनी नारा प्रिफेक्चरमा एक्लै बस्न थालिन् । त्यहाँ उनले हाइकिङ र पर्वतारोहणमा आफ्नो समय बिताइन् ।

उनी नियमित रूपमा माउन्ट निजो चढ्थिन् । र ३,००० मिटर अग्लो माउन्ट ओन्टाकेको शिखरमा दुईपटक पुग्न सफलसमेत भइन् ।

एक समर्पित बौद्ध धर्मावलम्बीको रूपमा उनले ८० वर्षको उमेरमा कान्साई क्षेत्रका ३३ मन्दिरहरूको साइगोकु कन्नन तीर्थयात्रा पूरा गरिन् ।

१०० वर्षको उमेरमा पनि उनी कुनै लठ्ठीको सहायताविना आशिया मन्दिरका ढुङ्गाका सिंढीहरू चढ्न सक्षम भएकी थिइन् ।

उनको परिवारका अनुसार, सक्रिय जीवनशैली नै उनको दीर्घायुको रहस्य थियो । १११ वर्षको उमेरसम्म उनी आफ्ना छोरीहरूसँग घरमै बसेकी थिइन् ।

तर, शरीर कमजोर बन्दै गएपछि उनी आफ्नै नर्सिङ होममा बस्न थालेकी थिइन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा

आईतबार १६ कार्तिक, २०८३
१० घण्टाअघि

इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा

आईतबार १६ कार्तिक, २०८३
१० घण्टाअघि

क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’

शनिवार १५ कार्तिक, २०८३
१ दिनअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
२ हप्ताअघि

भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

शुक्रबार ३० असोज, २०८३
२ हप्ताअघि

ट्रम्पको रुससँगको इन्धन सम्झौताले जेलेन्स्की असन्तुष्ट, अमेरिकी सहयोगप्रति युक्रेनको चिन्ता

बिहिबार २९ असोज, २०८३
३ हप्ताअघि
नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०