विराटनगरका मेयरलाई साथ लिएर घरदैलोमा शेखर कोइराला

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ पुस, २०८१
२ वर्षअघि

विराटनगर । नेपाली कांग्रेस प्रभावशाली नेता डा. शेखर कोइरालाले जनताको घरदैलोमै पुगेर समस्या र सुझाव संकलनको कामलाई तीव्रता दिएका छन् ।

मंसिर २०७९ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित कोइरालाले आफ्नो निर्वाचन क्षेत्रका जनताको घरदैलो पुग्ने क्रमलाई तीव्रता दिएका हुन् ।

बिहीबार बिहान विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई साथमा लिएर कोइराला आफ्नो निर्वाचन क्षेत्र पुगेका थिए ।

सांसद कोइरालाले विराटनगर महानगरपालिका-१२ को बखरी क्षेत्रका स्थानीयसँग भेटघाट गरेका थिए ।

भेटघाटका क्रममा कोइरालासित स्थानीयले सडक र नाला निर्माणसँगै डुबान समस्या समाधान गर्न माग गरेका थिए ।

उनीहरूले फोहोर व्यवस्थापन, रोजगारी सिर्जना, लागूऔषध नियन्त्रणलगायतका विषय पनि उठाएका थिए ।

निर्वाचित भएर गएपछि जनतालाई बेवास्ता गर्ने गरेको भन्दै जनप्रतिनिधिमाथि लागेको आरोप चिर्दै सांसद कोइरालाले जनताको घरदैलोमै पुग्ने कामलाई तीव्रता दिन थालेका हुन् ।

कोइरालाले यसअघि पनि निर्वाचन क्षेत्रका जनताको घरदैलोमा पुगेर उनीहरूका विभिन्न समस्याहरू समाधान गर्दै आएका थिए ।

स्वास्थ्यकर्मीसमेत भएका नाताले कहिलेकाँही उनले जनताको स्वास्थ्य जाँच्नेसमेत गरेका थिए । तथापि, कोइराला पार्टीका विभिन्न कार्यक्रममा देश दौडाहामा हुँदा क्षेत्रमा कम आउने गरेको गुनासो थियो ।

यसैले जनताको समस्या र सुझाव लिने क्रमलाई उनले विगतमा भन्दा बाक्लो बनाएका हुन् ।

दसैं-तिहारयता भने सांसद कोइराला काठमाडौंमा भन्दा विराटनगरमै बढी बस्न थालेका छन् । पार्टीको कार्यक्रम सकेर उनी विराटनगर नै फर्किने गरेका छन् ।

केही दिनअघि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी भएर नेता कोइराला पुनः विराटनगर फर्किएका थिए ।

पार्टीको १५औं महाधिवेशनमा कोइराला कांग्रेस सभापति बन्ने तरखरमा छन् । मंसिर २०७८ मा भएको अघिल्लो महाधिवेशनमा उनी शेरबहादुर देउवासँग पराजित बनेका थिए ।

प्रकाशित समय: बिहिबार ११ पुस, २०८१, २०:१९:२५
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०