यस्ता खाने कुराले गन्हाउँछ सास

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ पुस, २०८१
२ वर्षअघि

विराटनगर । दाँत हाम्रो स्वास्थ्यको अभिन्न अंग हो । दाँत र मुखको स्वास्थ्यमा ध्यान दिइएन भने समय भन्दा अगाडि नै दाँतमा किरा लाग्ने वा दाँत रोगी हुने र सास गन्हाउनेजस्ता समस्या सुरु हुन्छन् ।

यति मात्र होइन मुख र दाँत स्वास्थ्यमा ध्यान दिइएन भने मुख र जिब्रोको क्यान्सरबाट बच्न सकिँदैन । सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुनसक्छ ।

Advertisement

मुख तथा दाँतलाई राम्रोसँग सफा नगरेमा सास गनाउने समस्या हुनसक्छ । विभिन्न प्रकारको संक्रमण वा राति सुत्दा मुख सुक्खा भयो भने पनि सास गनाउने हुन्छ ।

हुन त सास गनाउने समस्याका कारणहरू थुप्रै छन् । तर, केही खानेकुराहरूको सेवनले गर्दा पनि सास गनाउने समस्या उत्पन्न हुनसक्छ ।

सास गनाउने समस्या बढाउने केही खाना यस्ता छन्ः

– प्याज र लसुनको सेवनले सासको दुर्गन्ध बढाउँन सक्छ । यसमा सल्फरको मात्रा उच्च हुने हुँदा प्याज वा लसुन खाएको केही समयपछि तुरुन्तै यसको प्रभाव देखिन्छ । सल्फर हाम्रो रगतमा अवशोषित हुन्छ र सास फेर्दा योसँगै बाहिर निस्कन्छ, जसकारण सास गनाउँछ ।

– चिजको सेवनले पनि सास गनाउने समस्या निम्तिन्छ । यसमा एमिनो एसिड हुन्छ, जसले मुखमा प्राकृतिक रूपमा हुने ब्याक्टेरियासँग मिलाएर सल्फर कम्पाउन्ड बनाउँछ । तिनीहरूको प्रतिक्रियाले हाइड्रोजन सल्फाइड पनि उत्पादन गर्छ, जसले नराम्रो गन्ध पनि उत्पादन गर्ने हुँदा चिजको सेवनले मानिसको सास गनाउँछ ।

– कफी र रक्सीजस्ता पेय पदार्थबाटले पनि सास गनाउने समस्या निम्त्याउन सक्ने हुँदा यस्ता पेयबाट टाढा रहनुपर्छ । यी दुवै कुराले मुखलाई सुक्खा बनाउँछ जसकारण दुर्गन्ध फैलाउने ब्याक्टेरिया त्यहाँ फैलिन थाल्छ । रक्सी हाम्रो रगतमा लामो समयसम्म रहन्छ, त्यसैले यसको प्रभाव पनि लामो समयसम्म रहन्छ ।

– चिनीले पनि सास गनाउने समस्यालाई बढाउने काम गर्छ । धेरै मात्रामा चिनीको सेवनले सासको दुर्गन्ध बढाउने गर्छ । यसले मुखमा क्यान्डिडा इस्टको स्तरलाई बढाउँछ । चिनीको मात्रा उच्च भएमा जिब्रोमा सेतो तह बन्ने हुँदा यसलाई सजिलै पहिचान गर्न सकिन्छ । जिब्रो सेतो देखिनु आफ्नो पर्सनल हाइजिन र खानपानमा ध्यान दिनु पर्छ भनेर देखाइएको एक संकेत हो ।

उल्लेखित खानाहरूको सेवन कम गर्ने, दिनको दुई पटक ब्रस गर्ने, माउथवासको प्रयोग गर्ने, हरेक पटक खाएपछि मुख कुल्ला गर्ने बानी बसाल्नुपर्छ । जुनसुकै उपायहरू अपनाउँदा पनि सास गनाउन नहटेमा त्यो सामान्य अवस्था पक्कै पनि होइन ।

दाँत वा मुखमा समस्या भएमा, क्याभिटी वा स्वास्थ्यमा अन्य कुनै समस्या भएका पनि सास गनाउने हुँदा त्यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । कम्तीमा पनि वर्षको एकचोटी सबैजनाले दन्त चिकित्सकसँग आफ्नो दाँतको जाँच गराउनु पर्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०