कोशी प्रदेशमा निरन्तर घट्न थाल्यो कोदोको उत्पादन

-नम्रता न्यौपाने
मङ्गलबार २ पुस, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशमा बर्सेनि पुरानो खाद्यन्न बाली कोदोको उत्पादनमा गिरावट हुन थालेको छ । कुनै समय गरिबको खानाको रूपमा चिनिएको कोदोको परिकारको महत्त्व पछिल्लो समय बढ्दै गए पनि उत्पादनमा भने गिरावट आएको हो ।

कोशी प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष  ५७ हजार २७४ हेक्टर जमिनमा कोदो लगाउँदा ८५ हजार ९७२ मेट्रिक टन उत्पादन भएको हो ।

Advertisement

जबकि, गत आर्थिक वर्षमा ५७ हजार ३७५ हेक्टर जमिनमा कोदो लगाउँदा ८७ हजार ३४३ मेट्रिक टन उत्पादन भएको थियो ।

पछिल्लो समय कम हुँदै आएको कोदो खेती संरक्षण गर्नुपर्ने अवस्थामा पुग्न थालेको छ । जसकारण उत्पादन पनि घटेको निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगी बताउँछन् ।

कोशी प्रदेशका १४ जिल्लामध्ये खोटाङ र ओखलढुंगामा धेरै कोदो खेती हुने गरेको छ । खोटाङमा यस वर्ष १३ हजार हेक्टर जमिनमा कोदो लगाउँदा २१ हजार ९९७ मेट्रिक टन उत्पादन भएको छ ।

ओखलढुंगामा ७ हजार हेक्टर क्षेत्रफलमा कोदो लगाउँदा १३ हजार मेट्रिक टन उत्पादन भएको निर्देशनालयको तथ्यांक छ ।

कोदोको खेती र उत्पादन घट्दै गए पनि बजार माग भने बढ्दो देखिएको छ । होटल तथा होमस्टेमा ढिँडो पकाउन र मःमः बनाउन प्रयोग हुने कोदो जाँड-रक्सी बनाउनेदेखि बिस्कुट बनाउन पनि प्रयोग हुने गरेको छ ।

तर, खेती र उत्पादनमा गिरावट आएसँगै नेपालमा वार्षिक ८ करोडको कोदो आयात हुने गरेको छ ।

नेपालको चौथो प्रमुख बाली मानिएको कोदोबाली विगतमा विपन्न ग्रामीण समुदायको बाँच्ने आधार थियो तर पछिल्लो समय यो क्रमिकरुपमा विस्थापित हुँदै गएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०