एनपिएल : दाइको टिमले भाइको टोलीलाई हरायो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २६ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । राष्ट्रिय क्रिकेट टोलीमा एकसाथ रहेर नेपालका लागि खेलेका दाजुभाइले काठमाडौंमा जारी नेपाल प्रिमियर लिगमा एकअर्काविरुद्ध खेलेका छन् । राष्ट्रिय टिमका सदस्यद्वय आरिफ शेख र आसिफ शेखले बुधबार एकअर्काविरुद्ध खेलेका हुन् ।

जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ र सुदूरपश्चिम रोयल्सका खेलाडी आरिफको टोलीले कीर्तिपुरको त्रिवि मैदानमा एकअर्कासँग खलेका हुन् । एनपिएलमा दाजुभाइले एक–अर्काविरुद्ध खेलेको यो पहिलोपटक हो ।

बुधबार सुदूरपश्चिमका आरिफले ब्याटिङ गरिरहँदा जनकपुरका आसिफ शेख विकेट किपिरको भूमिकामा थिए ।

जनकपुरसँगको खेलमा आरिफ ९ बलमा ६ रन जोडेर क्याचआउट भएका थिए । यता, ओपनिङ ब्याट्सम्यान आसिफले सुदूरपश्चिमविरुद्ध ५ बलमा ४ रनमात्र जोडे । उनी पनि क्याच आउट नै भएका थिए ।

प्रतियोगितामा बलियो रूपमा प्रस्तुत भएको जनकपुरलाई सुदूरपश्चिमले ७२ हरायो । टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रन बनाएको थियो । १२४ रनको लक्ष्यसहित ब्याटिङ थालेको जनकपुरले १२.१ ओभरमा ५१ रन बनायो ।

शेख दाजुभाइ वीरगञ्जका हुन् । दाइ आरिफ उमेरले २७ वर्ष पुगेका छन् भने भाइ आसिफ २३ वर्ष पुगेका छन् । उनीहरूका बुबा मोहमद सलाम शेख पेसाले मेकानिकल ईन्जिनिनर हुन् । उनी वीरगन्जमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्छन् । दाइ आरिफ सन् २०१४ मा यू–१९ राष्ट्रिय क्रिकेट टिममा पर्न सफल भएका थिए ।

भाइ आसिफ २०१७ मा नेपालको राष्ट्रिय टिममा परेका थिए । त्यतिबेला पनि आरिफ र आसिफ दुबै जनाले बंगलादेशमा भएको एसिसी इमर्जिङ नेसन्स कपमा प्रतिस्पर्धा गरेका थिए । शेख दाजुभाइले त्यतिबेला हङकङविरुद्ध सँगै खेलका थिए ।

प्रकाशित समय: बुधबार २६ मङ्सिर, २०८१, ११:४५:४५
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०