नियमित कुखुराको मासुको सेवन गर्दा निम्तिन्छन् यस्ता साइड इफेक्ट

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २८ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । कुखुराको मासु प्रशस्त मात्रामा प्रोटिनले भरिएको हुन्छ र यसको सेवनले शरीरमा विभिन्न पोषक तत्व प्रदान गर्छ ।

तर, दैनिक र धेरै मात्रामा कुखुराको मासुको सेवनले साइड इफेक्ट गर्न सक्छ ।

Advertisement

सही तरिकाले पकाएको कुखुराको मासुको सेवनले कोलेस्ट्रोल स्तर बढाउनमा योगदान पुर्‍याउँदैन ।

तर भुटेको तथा तेलमा तारेको कुखुराको मासुको नियमित सेवनले कोलेस्ट्रोलको स्तर बढ्न सक्छ ।

अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित अध्ययनअनुसार कुखुराको वा सेतो मासुले पनि रातो मासु जस्तै खराब कोलेस्ट्रोलको स्तर बढाउन सक्छ ।

कोलेस्ट्रोलको स्तरलाई नियन्त्रणमा राख्नका लागि ग्रिल गरिएको, उमालेको, पोच गरिएको, बेक गरेर कुखुराको मासुको सेवन उचित हुन्छ ।

कुखुरा उच्च तापक्रम भएको खाना मानिन्छ ।

यसको सेवनले शरीरको समग्र तापमान वृद्धि गर्ने गर्छ ।

कुखुराको मासुको सेवनले शरीरको तापक्रम बढ्ने हुँदा केही मानिसहरूमा नाकबाट पानी बग्ने अनुभव हुनसक्छ ।

यस्तो समस्या विशेषगरी गर्मी महिनामा र दैनिक कुखुराको मासु सेवन गर्ने मानिसमा हुनसक्छ ।

नियमित रूपमा कुखुराको मासु सेवन गर्दा नाकबाट रगत बग्ने समस्या देखए केही दिनको अन्तरालमा मासु खानु उत्तम हुन्छ ।

नियमित रूपमा कुखुराको मासु खाने मानिसमा देखिने अर्को साइड इफेक्ट भनेको तौलमा वृद्धि हुनसक्छ ।

कुखुराको मासुका विभिन्न परिकार चिकन बिर्यानी, बटर चिकन, फ्राइड चिकनमा क्यालोरीको मात्रा उच्च हुन्छ ।

कहिले काहीँ खाँदा कुनै समस्या नभए पनि नियमित यस्ता परिकारको सेवनले तौल बढ्ने तथा कोलेस्ट्रोलको स्तर बढ्न सक्छ ।

कुखुराको मासुको सेवनले पिसाबको नलीको सङ्क्रमण अर्थात् युरिनरी ट्राक्ट इन्फेक्सन (युटिआई) पनि हुने सम्भावना रहन्छ ।

अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजीको पत्रिका एमबिओमा प्रकाशित एक अध्ययनअनुसार कुखुरामा इकोलीको एक प्रकारको स्ट्रेनले युटिआईलगायत धेरै प्रकारका सङ्क्रमणहरू निम्त्याउन सक्छ ।

अनुसन्धानका लागि लिइएको दुई हजार चार सय ५२ वटा मासुको नमुनाहरूमध्ये झन्डै ८० प्रतिशतमा इकोली भएको मासु खाने ७२ प्रतिशत बिरामीहरूको पिसाब र रगतको नमुनामा इकोली भएको पत्ता लागेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०