ग्रीन टीको सेवनले घटाउँछ क्यान्सरको जोखिम

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ मङ्सिर, २०८१
२ वर्षअघि
ग्रीन टी

विराटनगर । बिहान उठ्नेबित्तिकै ग्रीन टी सेवन गर्ने मानिसहरू प्रशस्त हुन्छन् ।

जाडोमा दिउँसो समेत ग्रीन टी खानेहरूको संख्या दिन प्रतिदिन बढ्दो छ । कतिपय व्यक्तिहरू त डाइटिङका लागिसमेत ग्रीन टीको सेवन गर्ने बताउँछन् ।

Advertisement

ग्रीन टीका फाइदाहरू त धेरै छन् । ग्रीन टीको सेवनले क्यान्सरको जोखिम घटाउने अध्ययनले देखाएको छ ।

वैज्ञानिकहरूका अनुसार ग्रीन टीको सेवनले शरीरमा एन्टी–क्यान्सर प्रोटिन (पी ५३) को स्तर बढ्छ ।

यस प्रोटिनले क्षति भएको डीएनएलाई मर्मत गर्नुको साथै क्यान्सरका कोषहरूलाई पनि मार्छ ।

नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित अध्ययनका अनुसार ग्रीन टीमा पाइने विशेष प्रकारको तत्व इपिगेलोक्याटेचिन ग्यालेट (इजिसिजी)ले शरीरमा एन्टी क्यान्सर प्रोटिन पी ५३ को स्तर बढाउन मद्दत गर्छ ।

हप्ताको कम्तीमा तीन पटक ग्रीन टीको सेवनले क्यान्सरको जोखिम मात्र नभइ अन्य व्यक्तिको तुलनामा हृदयसम्बन्धी रोगहरू हुने खतरा पनि २० प्रतिशतले घटाउँछ ।

एक लाखभन्दा बढी व्यक्तिको सात वर्षसम्म गरेको अनुसन्धानले त्यस्ता व्यक्तिहरू १५ महिना बढी बाँच्ने दाबी गरेको छ ।

अनुसन्धानमा संलग्न वरिष्ठ अनुसन्धानकर्ता डोङ्गफेङ्ग ग्युका अनुसार ग्रीन टीमा पाइने एन्टिअक्सिडन्टले भरिपूर्ण माइक्रोन्यूट्रिएन्ट पोलिफेनल्सका कारणले विभिन्न रोगको जोखिम कम गर्ने हुन्छ ।

ग्रीन टीको सेवनले क्यान्सर र हृदय रोगबाट नभइ मधुमेह, पार्किन्सन्स, अल्जाइमर र मोटोपनासँह सम्बन्धित समस्याहरू हटाउन सहयोगी हुन्छ ।

एक दिनमा दुई कपभन्दा बढी ग्रीन टीको सेवन गर्नु हुँदैन ।

सबैभन्दा महत्त्वपूर्ण कुरा यसमा चिनी प्रयोग गर्नु हुँदैन ।

चिनीको सट्टा मह प्रयोग गर्न सकिन्छ ।

ग्रीन टीलाई साँझ ६ बजेभन्दा अगाडि पिउनु पर्छ नत्र केही मानिसमा निन्द्रा नलाग्ने समस्या हुन सक्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०