ब्रत बस्नाले कम हुन्छ मधुमेहको जोखिम

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । व्रतलाई धर्म र स्वास्थ्यसँग जोडिएर हेरिन्छ । कसैले धार्मिक आस्थाका लागि त कसैले शरीरको तौल घटाउन व्रत बस्ने गर्छन् ।

व्रत बस्नुको अनेकौ फाइदाहरू छन् । व्रत बस्दा शारीरिकदेखि मानसिक स्वास्थ्यलाई फाइदा पुग्छ ।

Advertisement

तर सही तरिकाले नगरिएको व्रतले भने शरीरलाई फाइदाको साटो हानी पुर्‍याउँछ। सबै व्यक्तिले व्रत बस्न मिल्दैन ।

बालबालिका, गर्भवती, स्तनपान गरिरहेका महिला र दीर्घ रोगीहरुले व्रत बस्न नमिल्ने पोषणविद बताउँछन् ।

कहिलेकाँही ब्रत बस्नाले मधुमेहको जोखिम कम हुने अध्ययनले देखाएको छ ।

कहिलेकाँही लगातार १० देखि १२ घण्टा केही नखाइ ब्रत बस्नाले शरीरले आफ्ना कार्यहरू गर्नका लागि अन्य उर्जाका स्रोतहरू खोज्ने गर्छ ।

र, शरीरले बोसो कोषहरूबाट खराब कोलेस्ट्रोललाई उर्जाको रूपमा प्रयोग गर्न थाल्छ । यस प्राकृतिक प्रक्रियाले मधुमेह हुने खतरालाई कम गर्न मद्दत पुर्‍याउने अध्ययनले देखाएको हो ।

युटाको मुर्रेमा रहेको इन्टर्माउन्ट मेडिकल सेन्टर हार्ट संस्थानका प्रमुख अनुसन्धानकर्ता बेन्जामिन होर्नका अनुसार ब्रत बस्नाले मधुमेह हुने सम्भावनामा बाधा पुग्ने हुन्छ ।

विभिन्न अध्ययनहरूले दिनभर थोरै तर समय समयमा ठिक्क मात्रामा खानाले मधुमेह रोक्न मद्दत गर्ने देखाएको छ ।

तर नयाँ अध्ययनले देखाएअनुसार ब्रत बस्नाले मोटोपना र कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्छ, जसले मधुमेहको जोखिम कम गर्छ ।

अनुसन्धानका लागि ३० देखि ६९ वर्ष बीचका दुवै पुरुष तथा महिलालाई समावेश गरिएको थियो र यी सबैलाई प्रि–डायबिटीज (रगतमा ग्लूकोजको मात्रा सामान्यभन्दा बढी हुने अवस्था) को समस्या थियो ।

अध्ययनको क्रममा ब्रत बस्दा उनीहरूको कोलेस्ट्रोलको मात्रा केही बढेको थियो ।

तर ६ हप्तापछि सहभागीहरूमा तौल घटेको तथा कोलेस्ट्रोलको स्तर १२ प्रतिशतले घटेको पाइएको थियो ।

फ्याट सेल्सले इन्सुलिन प्रतिरोधको गरेर मधुमेह निम्त्याउँन सक्छ ।

र, अध्ययनअनुसार ब्रतको क्रममा फ्याट सेल्सबाट आएको खराब कोलेस्ट्रोल उर्जाको लागि प्रयोग गरिएको थियो ।

स्वास्थमा कुनै समस्या नभएका व्यक्तिले पानी मात्र पिएर ब्रत बस्दा उनीहरूको रगतमा ग्लुकोजको मात्रा कम हुनुका साथै तौल पनि घटेको होर्न बताउँछन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०