देउवाको दाबी : महाधिवेशन तोकिएकै समयमा हुन्छ

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले यस्तो बताएका हुन् ।

महाधिवेशन समयमै हुने सभापति देउवाको दाबी छ । ‘महाधिवेशन समयमै हुने दाबी गर्दै देउवाले भने, महाधिवेशन तोकिएकै समयमा हुन्छ।’

यस्तै, देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवादसमेत दिए ।

उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआईमा ऋण नलिने गरी सम्झौता भएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका हुन् ।

देउवाले भने, ‘प्रधानमन्त्रीज्यूलाई बधाई छ । ऋण लिएको छैन भनेपछि बुझ्नुस्, ऋण लिएकै छैन ।’

उनले संविधान संशोधनको काम अगाडि बढिरहेको जानकारी दिए । सहमतिका आधारमा मात्र संविधान संशोधन गरिने उनको भनाइ छ ।

गगन थापालाई सभापतिमा उठाउन खोजेको भन्ने प्रश्नमा देउवाले प्रतिक्रिया दिँदै भने, ‘तपाईंहरू जहाँ पायो, त्यहीँ घोषणा गर्नुहुन्छ, त्यसो नगर्नुस् ।’

यसैगरी, इतर समूहले विराटनगरमा भेला गरेको विषयमा देउवाले आफूलाई कुनै जानकारी नभएको बताए ।

प्रकाशित समय: आईतबार २३ मङ्सिर, २०८१, १९:१०:५०
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०