ग्रामथान उपनिर्वाचन : कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगमा उजुरी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ मङ्सिर, २०८१
२ महिनाअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आइतबार हुने उपनिर्वाचनको मौन अवधिमा नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ ।

उपनिर्वाचनको मौन अवधिमा सम्मेलन र भेला गरी कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार कांग्रेसविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो ।

कांग्रेसले ग्रामथान गाउँपालिका-६ मा शनिबार बिहान काँग्रेसले भेला र सम्मेलन गरेको रास्वपाको आरोप छ ।

ग्रामथानमा भएको भेलामा नेपाली कांग्रेस नेता गुरुराज घिमिरे सहभागी भएका थिए ।

निर्वाचनको अघिल्लो दिन मान्छे भेला पारेर सम्मेलन गरेको रास्वपाको आरोप छ ।

भेलामा कांग्रेस नेताहरू भेला भएको स्थानको भिडियो खिचेपछि कांग्रेसका कार्यकर्ताले रास्वपा कार्यकर्तालाई हातपातसमेत गरेका थिए ।

रास्वपाबाट आध्यक्षका उम्मेदवार नविन विश्वासले मौन अवधिको समयमा आफ्नो घरनजिकै कांग्रेसले भेला गरेपछि उजुरी गरेको बताए ।

भेलाको भिडियो खिच्न खोज्दा आफ्नो पार्टीका सदस्यमाथि हातपात भएको उनको भनाइ छ ।

भेलाको फोटो भिडियो खिच्न खोज्दा पार्टीका सदस्य प्रकाश घिमिरेमाथि हातपात भएको उनले बताए ।

निर्वाचन आचारसंहिता लागेका बेला २०–२५ जना भेला भएर गतिविधि गर्नु आचारसंहिता विपरित हो भन्दा रास्वपाका सदस्यमाथि हातपात भएको विश्वासले बताएका छन् ।

घटनापछि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको उनले बताए ।

रास्वपा कार्यकर्ताले भेलाको समयमा कांग्रेसले पैसा पनि बाँडेको आरोप लगाएका छन् ।

कांग्रेस नेता घिमिरेले भने कुनै भेला र सम्मेलन नगरेको दावी गर्दै पार्टीको सम्पर्क कार्यालयमा बसिरहेको अवस्थामा २–३ जनाले भिडियो खिचेर लगेको जिकिर गरे ।

गत वर्ष नै भएको वडा सम्मेलनको व्यानर कार्यालयमा रहेको भन्दै घिमिरेले उम्मेदवारको कुनै प्रचारप्रसार झल्किने ब्यानर नरहेको र त्यस्तो कार्यक्रम पनि नगरेको बताए ।

ग्रामथापनको निर्वाचन अधिकृतको कार्यालयले रास्वपाको उजुरीपछि त्यसमाथि अनुसन्धान र कार्वाही सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित समय: शनिवार १५ मङ्सिर, २०८१, १९:४९:५५
विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित
शुक्रबार ११ माघ, २०८१
नेपालकी पूजा महतो बनिन् विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी
शुक्रबार ११ माघ, २०८१
हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा
शुक्रबार ११ माघ, २०८१
सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी बालिका बलात्कृत, प्रतिकार गर्दा भाँचिदिए हात !
शुक्रबार ११ माघ, २०८१
बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार
शुक्रबार ११ माघ, २०८१
लघुकथाः लकडाउन
शुक्रबार ११ माघ, २०८१
विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते
शुक्रबार ११ माघ, २०८१
अस्ट्रेलियाका रोस बने नेपाली फुटबल टोलीको प्रशिक्षक
बिहिबार १० माघ, २०८१
पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल
बिहिबार १० माघ, २०८१
हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी
बिहिबार १० माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०