पानी फिल्टर गरेर पिउनु भन्दा उमालेर सेलाएको पानी पिउनु उत्तम

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २८ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । पानी पिउनु स्वास्थ्यका लागि अतिआवश्यक हुन्छ । पानीले शरीरलाई हाइड्रेट राख्छ र फोहोरलाई बाहिर निकाल्न मद्दत गर्छ ।

तर दैनिक कति पानी पिउने ? कस्तो पानी पिउने ? यो प्रश्नको जवाफ भने एउटै आउँदैन । पानी कुन बेला पिउने भन्नेमा एउटै धारणा हुँदैन ।

मौसम फेरबदलका कारण हाम्रो जीवनशैलीमा पनि विभिन्न असरहरु उत्पन्न हुन् थाल्छन् । मौसम परिवर्तन हुँदा हामीले धेरै कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ ।

मौसम परिवर्तनसँगै संक्रमण पनि बढ्न थाल्छ । यस्तो मौसममा रुघा–खोकी र भाइरल ज्वरो जस्ता विभिन्न किसिमका समस्याहरु हुने सम्भावना हुन्छ । यस्तो स्थितिमा चिसो पानीको सेवनले नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

धेरै जासो पानीको कारण पनि हाम्रो शरीरमा विभिन्न रोगहरु लाग्ने गर्छ । पानीबिना जीवनको कल्पना पनि गर्न सकिदैन ।

मानव शरीरको ७० प्रतिशत भाग पानीले ओगटेको हुन्छ । हामीले पानी पिउँदा सधैं स्वच्छ पानी पिउनु पर्छ ।हेर्दा सफा पानी देखिए पनि पानी दुषित हुन सक्छ ।

पानी फिल्टर गरेर पिउनु भन्दा उमालेर सेलाएको पानी पिउनु उत्तम हुन्छ । पानी कम पिउदा शरीरमा पानीको कमि हुन जान्छ र मिर्गौलाको पत्थरी, ग्यास्ट्रिक, कब्जियत जस्ता विभिन्न समस्याहरु उत्पन्न हुन सुरु हुन्छ ।बिहान उठेको बेला चिसो पानी भन्दा तातो पानी पिउनु उचित हुन्छ ।

दैनिक बिहान तातो पानी पिउने गर्दा यसले तपाइँको तौल घटाउन मद्दत गर्दछ । परापुर्वकाल देखि नै तौल कम गर्नको लागि तातो पानी पिउने प्रचलन छ ।

तातोपानीले शरीरमा तापक्रम बढाउँदछ र यसले शरीरको मेताबोलिक दरमा सुधार गरी शरीरको क्यालोरी कम गर्दछ । जसको परिणाम स्वरूप शरीरको तौल घट्ने र मृगौलालाई पनि स्वास्थ्य राख्न मदत गर्दछ ।

जाडोयाममा चिसो पानी पिउँदा घाँटीको समस्याका साथ–साथै विभिन्न किसिमका स्वास्थ्य समस्याहरु हुन सक्छन् । त्यसैले जाडोयाममा चिसो पानीभन्दा मनतातो पानी पिउनु नै उपयुक्त हुन्छ ।

जाडोयाममा संक्रमण तीव्र गतिमा हुने भएकाले पनि हामी सतर्क हुन आवश्यक छ ।यदि तपाईंलाई माइग्रेन अथवा साइनस (पिनास) को समस्या छ भने नियमित रुपले चिसो पानी पिउनु हुँदैन ।

पानीले शरीरमा तापमान नियमित गर्नेदेखि जोर्नीहरूको नरमपन कायम राख्नेसम्म काम गर्छ । साथै, शरीरभित्र हुने रासायनिक प्रतिक्रिया पानीबिना हुँदैन । पसिना र पिसाबको माध्यमबाट हाम्रो शरीरबाट पानी निस्किरहेको हुन्छ ।

त्यसैले शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कायम गरिराख्नुपर्छ । जसले शरीरमा विभिन्न रोगको आक्रमणबाट जोगाउन सक्छ ।

 

दैनिक कति पानी पिउने भन्ने कुरा मौसम र व्यक्तिको कामले फरक पर्छ । जाडोमा कम र गर्मीमा बढी पानी पिउने गरिन्छ ।
साथै कोठामा काम गर्ने र बाहिर घाममा काम गर्ने व्यक्तिले पनि पिउने पानीको मात्रा फरक हुन्छ ।

सामान्यतया २४ घण्टामा तीनदेखि पाँच लिटर पानी पिउनुपर्छ । खाना खाने बित्तिकै पानी पिउनु हुँदैन । खाना खानुभन्दा आधा घण्टाअघि र खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनुपर्छ ।

शरीरको तापक्रमअनुसार मनतातो पानी पिउनु राम्रो मानिन्छ । जाडो मौसममा बिहानको समयमा मनतातो पानी पिउनु राम्रो हो भने गर्मीमा ‘रुम टेम्प्रेचर’ अनुसारको पानी पिउनुपर्छ ।

सकेसम्म धेरै चिसो र धेरै तातो पानी पिउनु हुँदैन । धेरै चिसो पानी पिउँदा चिसो लाग्ने, टन्सिल हुने लगायत समस्या हुने गर्छ ।
धेरै तातो पानी पिउँदा त्यो पानीलाई शरीरको तापक्रमसँग मिलाउन शरीरलाई धेरै ऊर्जा खर्च गर्नुपर्छ । त्यसैले रुम टेम्प्रेचर अनुसारको पानी पिउनु बढी उपयोगी हुन्छ ।

शरीरमा पानीको कमी हुँदा तत्कालीन र दीर्घकालीन रूपमा विभिन्न समस्या देखा पर्न सक्छन् ।
डिहाइड्रेसन, टाउको दुखाइ, कब्जियत, युरिक एसिड, ग्यास्ट्रिक, पिसाबको इन्फेक्सन, पाचन प्रक्रियामा असन्तुलन लगायत समस्या पानीको कमीले देखिन्छन् ।

दीर्घकालीन रूपमा मिर्गौलाको पत्थरी, युरिक एसिड, मुटुको रोग, छालाको चाउरीपन, शरीरको रोग प्रतिरोधात्मक समस्या कम हुने लगायत समस्या पनि देखिन्छ ।

यी सबै स्वास्थ्य समस्याको जोखिम कम गर्न दैनिक सन्तुलित रूपमा पानी पिउनुपर्छ । तातो पानी वा चिसो पानी दुवैले हाम्रो शरीरलाई निर्जलीकरण हुनबाट बचाउँदछ तर ‘रुम टेम्प्रेचर’ अनुसारको पानी पिउनुपर्छ ।

 

प्रकाशित समय: बुधबार २८ कार्तिक, २०८१, १२:०८:४१

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०