विराटनगरमा साततले भवनपरिसरमा किसुनजीको प्रतीमा र पार्क (भिडियोसहित)

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । नेपाली कांग्रेसका सस्थापक सभापति तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा निर्माणाधीन साततले भवनको काम अन्तिम चरणमा पुगेको छ ।

सन्त नेता कृष्णप्रसाद भट्टराई फाउन्डेसनले विराटनगर महानगरपालिका–४ मा निर्माण गरिरहेको साततले भवनको काम अन्तिम चरणमा पुगेको हो ।

नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभाको पूर्वसदस्य रमेशजंग राजयमाझीको अगुवाइमा निर्माण भइरहेको भवन २० माघ २०७८ मा शिलान्यास भएको थियो ।

कृष्णप्रसाद भट्टराईको स्मृतिमा साततले भवन, किसनुजीको पूर्णकदको प्रतीमा, पार्क र सभाहल बनाउनेगरी सोही वर्षको फागुनबाट काम सुरु भएको थियो ।

दुईवटा लिफ्टसहितको उक्त साततले भवनको पाँचतला निर्माण भइसकेको छ भने अरू दुई तला ढलानको काम भइरहेको छ ।

समग्रमा भवन निर्माणको कामको प्रगति हालसम्म ६० प्रतिशत पुगिसकेको छ भने प्रतिमा, पार्क र सहभाहलको काम थाल्ने योजनामा फाउन्डेसन रहेको छ ।

आगामी माघ २० गते उद्घाटन गर्नेगरी तीव्रगतिमा काम गरिरहेको फाउन्डेसनका सदस्य सरोज दाहाल बताउँछन् ।

विराटनगर महानगरपालिका, कोशी प्रदेश सरकार र केन्द्रीय सरकारको सहयोगमा एक बिघा क्षेत्रफलमा २० करोड रुपैयाँ लागत अनुमान गरी भवन निर्माणको काम थालिएको थियो ।

हालसम्म आठ करोड रुपैयाँ खर्च भइसकेको फाउन्डेसनको तथ्यांक छ ।

भवनका केही तलामा नेपाल सरकारको समन्वयमा आश्रमका रूपमा प्रयोजन गर्ने र बाँकी कृष्णप्रसाद भट्टराईबारे अध्ययन–अवलोकनका सामग्री राख्ने योजनामा फाउन्डेसन रहेको छ । विराटनगरले वर्षायाममा डुबानको समस्या झेल्दै आएको छ ।

जसबाट बच्नका लागि उक्त भवन सामुदायिक भवनका रूपमा प्रयोग गर्ने महानगरपालिकाको लक्ष्य रहेको महानगरप्रमुख नागेश कोइराला बताउँछन् ।

कांग्रेस एकीकरणमा अहम् भूमिका निर्वाह गरेका कृष्णप्रसाद भट्टराईको निधन २० फागुन २०६७ मा ८६ वर्षको उमेरमा भएको थियो ।

२०४७ र २०५६ सालमा दुईपटक नेपालका प्रधानमन्त्री बनेका भट्टराईको राजनीतिक जीवनबारे बुझ्न पनि उनको स्मृतिमा भवन, शालिक र पार्क बन्नु आवश्यक रहेको उनीबारे जानकार बताउँछन् ।

गान्धीवादी सन्तनेता मानिने भट्टराईबारे अध्ययन गरी उनलाई नजिकबाट जान्न पनि युवापुस्ताका लागि यस्ता संरचनाको जरुरत रहेको छ ।

भौतिक संरचनाको आधारमा भन्नुपर्दा किसुनजीको स्मरणमा बनेका फाउन्डेसनमध्ये नेपालकै ठुलो रहेको बताइएको छ ।

फाउन्डेसनले यहाँ भट्टराईबारे जान्न आउनेका लागि मिनी हलमा जीवनी प्रसारण गर्ने योजनासमेत लिएको छ ।

प्रकाशित समय: सोमबार २६ कार्तिक, २०८१, १४:५९:२५

सम्बन्धित खबर

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

बुधबार १३ साउन, २०८३
३ दिनअघि

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता

बुधबार १३ साउन, २०८३
३ दिनअघि
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०