प्रथम नेपाल हब महिला टी-२० क्रिकेटमा विराटनगर विजयी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ कार्तिक, २०८१
१ महिनाअघि

विराटनगर । विराटनगरमा जारी नेपाल हब महिला टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टिम विराटनगर विजयी भएको छ ।

विराटनगर हब महिला टिम र राजविराज हब महिला टिमबीच ३ खेलको २०–२० क्रिकेटमा विराटनगरले २–० को अग्रता दिएको हो ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रतियोगिताअन्तर्गत सोमबार अन्तिम खेल हुने प्रतियोगिताका खेल संयोजक मन्दिप साहले बताए ।

आइतबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको दोस्रो खेलमा विराटनगरले राजविराजलाई ७० रनले पराजित गरि ३ खेलको सिरिजमा विराटनगर अग्रता लिएको हो ।

टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १२ रन बनाएको थियो ।

विराटनगरका लागि प्रिन्सा मगरले २८ रन बनाउँदा काजल राजवंशीले २० रन, टिका साहले १६ रन सानु राजवंशीले १२ रनको योगदान दिइन् ।

राजविराजकी अपेक्षा यादवले ३ विकेट लिँदा साक्षी यादवले पनि ३ विकेट लिइन् ।

१ सय १३ रनको विजयी लक्ष्य पाएको राजविराजले ९ दशमलव ५ बलमा सवै विकेट गुमाई ४२ रनमा सिमित भयो ।

राजविराजले अतिरिक्त २४ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।

विराटनगरकी प्लेयर अफ म्याच टिका साहले ४ विकेट लिइन् ।

उनले १ दशमलव ५ बलमा २ रन दिएकी थिइन् । त्यस्तै सुवेक्षा लिम्बुले २ विकेट लिइन् ।

प्रकाशित समय: आईतबार २५ कार्तिक, २०८१, १६:०५:२६
दर्ताबिनै सञ्चालनमा छन् विराटनगरका अधिकांश ड्राइभिङ सेन्टर !
बिहिबार २७ मङ्सिर, २०८१
विराटनगरको सेन्ट जोसेफ स्कुलबाट झोला बोकेर भागे दुई विद्यार्थी, अभिभावक आक्रोशित
बिहिबार २७ मङ्सिर, २०८१
दुहबीमा कोशी प्रदेशस्तरीय तेस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुँदै
बिहिबार २७ मङ्सिर, २०८१
साउदी अरबले २०३४ को विश्वकप आयोजना गर्ने
बिहिबार २७ मङ्सिर, २०८१
भुटानी शरणार्थीको माग : हामीलाई स्वदेश फिर्ता गरियोस्
बिहिबार २७ मङ्सिर, २०८१
पोखरासँग पराजित भयो विराटनगर किंग्स
बिहिबार २७ मङ्सिर, २०८१
दुर्गा प्रसाईंलाई पाँच वर्षभन्दा बढी कैद सजाय गर्न मागदाबी
बिहिबार २७ मङ्सिर, २०८१
टाउको दुखिरहने समस्याबाट मुक्त हुन यसो गर्नुहोस्
बिहिबार २७ मङ्सिर, २०८१
कोशीको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन
बुधबार २६ मङ्सिर, २०८१
कोशी प्रदेशका चार सांसदले कानुनविपरीत गरे भारत भ्रमण, थियो मुख्यमन्त्रीकै निर्देशन !
बुधबार २६ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०