ग्रामथान गाउँपालिका अध्यक्षका लागि एमालेबाट तीन जनाको नाम सिफारिस

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

२०७९ वैशाख ३० गते भएको चुनावमा निर्वाचित नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारूको निधन भएपछि उक्त पद रिक्त छ ।

Advertisement

गत वर्षको माघ १० गते राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस् भएका थारूको उपचारका क्रममा गत असार ३ गते निधन भएको थियो ।

गच्छदारको निधन भएयता उपाध्यक्ष गुणावतीदेवी थारूले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्दै आएकी छन् ।

उक्त रिक्त पदका लागि हुने उपनिर्वाचनमा ठुला भनिएका दलहरूले आफ्ना उम्मेदवार टुंगो लगाउने क्रम जारी छ ।

यसबीचमा, ग्रामथान गाउँपालिका अध्यक्षको उमेदवारका लागि नेकपा एमालेमा तीन जनाको नाम सिफारिस गरिएको छ ।

गाउँपालिका कमिटिीबाट ११ जनाको नाम सिफारिस आएकोमा जिल्लाबाट तुलसी विश्वास, कृष्णकुमार माझी र निर्मला अधिकारीको नाम प्रदेशमा सिफारिस गरिएको एमाले मोरङ इञ्चार्ज जीवन घिमिरेले जानकारी दिए ।

एमाले ग्रामथान गाउँ कमिटीले भने ११ जना आकांक्षीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो ।

जिल्लाले सुझावसहित प्रदेश कमिटीमा नाम पठाएको बताइएको छ ।

पालिका र जिल्ला पठाएको नामका आधारमा कात्तिक २४ गते उम्मेदवारको नाम टुङ्गो लगाउने एमाले प्रदेश कमिटिले जनाएको छ ।

ग्रामथान गाउँकमिटिले पूर्वअध्यक्ष शिवनारायण माझी, तुलसीराम विश्वास, कृष्णकुमार माझी, एकराज घिमिरे, आसनारायण माझी, तुलसी विश्वास, नमनारायण चौधरी, युवराज खनाल, निर्मला अधिकारी, नवीनकुमार मण्डल र ध्रुवकुमार श्रेष्ठको नाम पनि सिफारिस गरेको थियो ।

शिवनारायण २०७४ को निर्वाचनमा पालिकाको अध्यक्षमा निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा भने जयप्रकाश गच्छदार थारुसँग पराजित भएका थिए ।

उनी उम्मेदवार बन्ने सम्भावना भएपनि केही समय अगाडि जुवा खालबाट पक्राउ परेकोले उनको नाम सिफारिस नभएको एमाले स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको समितिको बैठकले पालिकाको अध्यक्षमा सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अध्यक्षका लागि कांग्रेसबाटै १३ जना आकांक्षी रहेकामध्ये सरदारलाई छानिएको हो ।

यसअघि नै माओवादी केन्द्रले भने यसअघि नै पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

माझी कांग्रेस छाडेर माओवादी प्रवेश गरेका हुन् । उनी यसअघि २०७४ सालमा तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेर उनी ग्रामथान गाउँपालिका–१ को वडाध्यक्ष निर्वाचित भएका थिए ।

गत २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका थिए । तर, तेस्रो भए ।

कांग्रेस छाडेर माओवादी रोजेपछि अहिले गाउँपालिका अध्यक्षकै उम्मेदवार बन्ने मौका पाएका हुन् ।

माझीलाई पूर्वमन्त्री अमनलाल मोदी र विजय विश्वासलगायतको साथ रहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
७ घण्टाअघि

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
१५ घण्टाअघि

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
१ दिनअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१ दिनअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
१ दिनअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
२ दिनअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०