सुदूरपश्चिम प्रदेशले जित्यो वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २१ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । साविक विजेतासमेत रहेको सुदूरपश्चिम प्रदेशले विराटनगरमा सम्पन्न नरेश श्रेष्ठ मेमोरियल वाइ वाइ पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुदूर प्रदेशले फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

यसअघि २०२२ मा टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरले लुम्बिनीलाई नै पराजित गरेर उपाधि जितेको थियो । यसपालि पनि लुम्बिनीमाथि जित हात पारेको सुदूरले नगद दुई लाख तथा ट्रफी जितेको हो ।  यसैगरी, लगातार दोस्रोपटक उपविजेतामा सीमित लुम्बिनीले एक लाख तथा ट्रफी हात पारेको छ ।

Advertisement

बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको उपाधि भिडन्तमा टस जितेर ब्याटिङ गरेको गरेको सुदूरले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सबै विकेट गुमाई १ सय २७ रनको योगफल बनाएको थियो ।

सुदूरका लागि अभिषेक थापाले २९ रन बनाउँदा नरेन भट्टले २७ रन, नरेन राउदले १५ रन, राजेश एयेर १४ रन र दीपक रोकयाले ११ रनको योगदान दिए ।

लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २८ रन दिए । त्यस्तै, रमेश कुर्मीले ३ विकेट र शिवकुमारले १ विकेट लिए ।

एक सय २८ रनको लक्ष्य पाएको लुम्बिनीले ४३ दशमलव १ बलमा सबै विकेट गुमाई एक सय १९ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका आकाश त्रिपाठीले २२ रन बनाउँदा शिव कुमारले २० रन, विजय कोहरले १९ रन, समीर अलीले १८ रन र सन्तोष यादवले १२ रनको योगदान दिए ।

सुदूरका प्लेयर अफ द म्याच हेमन्त धामीले ४ विकेट लिँदा सचिन भट्ट र नरेन साउदले २–२ विकेट लिए ।

प्रतयोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीका सन्तोष यादव घोषित भए । यादव उत्कृष्ट बलरसमेत भए । उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए ।

उत्कृष्ट खेलाडीले नगद ५० हजारका साथ ट्रफी तथा उत्कृष्ट ब्याटर र बलरले नगद २५ हजारका साथै ट्रफी हात पारे । प्लेयर अफ द म्याच सुदूरका कप्तान हेमन्त धामीले पाएको नगद ३ हजार पुरस्कार ग्राउन्ड स्टाफलाई वितरण गरे ।

विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेशका पूर्वमूख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद बाबुलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०