सुटुक्क जापान गएको विषयमा विवाद भएपछि राजीनामा दिँदै मन्त्री अधिकारी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २१ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिने भएका छन् ।

सुटुक्क जापान पुगेर फर्किएका अधिकारीलाई लिएर विवाद भएपछि उनले पदबाट बुधबार नै राजीनामा दिने तयारी गरेका हुन् ।

मन्त्री अधिकारी बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा विवाद भएको थियो । त्यही विवादका कारण अधिकारी पद गुमाउने अवस्था आएको हो ।

मन्त्रालयमै केहीबेरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले पदबाट राजीनामा दिएको घोषणा गर्ने छन् ।
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्ने व्यवस्था छ ।

तर, मन्त्रिपरिषद्को निर्णय बिना नै जापान पुगेर फर्किएको भनेर मन्त्री अधिकारीको आलोचना भइरहेको छ ।

जापानमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै अधिकारी गत कात्तिक १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा जापान गएको बताइन्छ ।

नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा अधिकारी एमालेबाटै मन्त्री बनेका थिए ।

प्रकाशित समय: बुधबार २१ कार्तिक, २०८१, १२:२२:०८

सम्बन्धित खबर

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

बुधबार १३ साउन, २०८३
३ दिनअघि

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता

बुधबार १३ साउन, २०८३
३ दिनअघि
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०