कुशल मल्लको कीर्तिमान तोड्ने नामिबियाका इटनले चितवनबाट एनपिएल खेल्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २० कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । नेपाली अलराउन्डर कुशल मल्लको कीर्तिमान तोड्ने नामिबियाका खेलाडीले चितवनबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।

नामिबियाका जान निकोल लोफ्टी–इटनलाई चितवन राइनोजले एनपिएलका लागि अनुबन्ध गरेको हो ।

Advertisement

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन् ।

यसअघि चितवनले मर्रस्यन्ट डी ल्यांगा, ल्यूक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ ।

बायाँ हाते २३ वर्षीय ब्याट्सम्यानले गत फ्रेबुअरीमा टी–२० मा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए । अहिले सबैभन्दा छिटो शतक बनाउने सूचीमा उनी दोस्रो स्थानमा छन् ।

नेपालमा भएको नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय सिरिजमा उनले सो कोसेढुंगा पार गरेका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालविरुद्ध खेल्दै हाँले ३३ बलमा शतक बनाएका थिए ।

एक बल कम खेल्दै उनले नेपाली अलराउन्डर कुशल मल्लको (हाल सबैभन्दा छिटो शतक बनाउने सूचीमा चौथो स्थानमा) कीर्तिमान तोडेका थिए ।

कुशलले गत वर्ष चीनको होन्झाउमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा मंगोलियाविरुद्ध ३४ वर्षमा शतक पूरा गरेका थिए ।

यसपटक दुवैले चितवन राइनोजबाट एनपिएल खेल्दै छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०