बंगलादेशसँग बदला लिँदै उपाधि घरमै राख्ने नेपालको दाउ !

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १४ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । यसअघि पाँचपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाए पनि नेपाल उपाधिविहीन बन्दै आएको छ ।

सन् २०१० देखि सुरु भएको यस च्याम्पियनसिपको सातौँ संस्करण चल्दै गर्दा नेपाल सन् २०१६ मा भारतमा भएको चौथो संस्करणबाहेक सबैमा फाइनलमा पुगेको छ ।

बंगलादेशमा भएको पहिलो संस्करणमा भारतले नेपाललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो भने श्रीलंकामा भएको दोस्रो संस्करणमा भारतले नेपाललाई ३–१ गोलले हरायो ।

पाकिस्तानमा भएको तेस्रो संस्करणको उपाधि भिडन्तमा नेपालले भारतसँग ६–० गोलको लज्जास्पद हार बेहोरेको थियो ।

चौथो संस्करण भारतमा भएको थियो, जहाँ नेपाल सेमिफाइनलसम्म पनि पुग्न पाएन । त्यसबेला घरेलु टोलीले बंगलादेशलाई ३–१ गोलले हराउँदै उपाधि घरमै राख्यो ।

पाँचौं संस्करणयता महिला साफ नेपालमै हुँदै आइरहेको छ । सन् २०१९ मा भएको पाँचौं संस्करणमा आयोजक नेपाललाई ३–१ गोलले हराउँदै भारतले उपाधि छिन्यो ।

अघिल्लो संस्करणमा भने घरेलु टिम नेपाल बंगलादेशसँग ३–१ गोलले नै हार्‍यो । अब, यसपालि भने बंगलादेशसँग बदला लिँदै नेपालले उपाधि घरमै राख्ने योजना बनाएको छ ।

सनसनीपूर्ण सेमिफाइनलमा यस पटक भारतलाई टाइब्रेकरमा ४–२ गोलले पन्छाउँदै नेपाल फाइनलमा पुगेको हो ।

पाँच पटकको च्याम्पियन भारतलाई सेमिफाइनलमा हराएको नेपालले बुधबार साँझ ६:३० बजे फाइनलमा पुनः साबिक विजेता बंगलादेशको सामना गर्दैछ ।

नेपाली टिम कप्तान एन्जिला तुम्बापो सुब्बाले विगतको संस्करणमा उपविजेता बनेको तितो क्षणलाई बिर्सेर यस पटक उपाधि जितेर छाड्ने बताउँछिन् ।

बंगलादेश धेरै राम्रो टोली भए पनि आफूहरू उपाधि हत्याउनका लागि खेल्ने उनको भनाइ छ । टोलीमा सबै खेलाडीको मनोबल उच्च रहेको बताउँदै उनले ‘हामी सक्छौं, हामी जित्छौं’ भन्ने नारालाई स्थापित गर्ने उल्लेख गरिन् ।

उनले नेपाली महिला फुटबलमा अहिलेको जस्तो राम्रो खेलाडी पाउन अझै आठ दश वर्ष लाग्ने भएकोले यस पटक उपाधि नजिते समयले नपर्खने बताए र

भारतविरुद्ध १० खेलाडीमा पनि सबैले राम्रो खेलेको स्मरण गराउँदै उनले विगत भुलेर आफ्नो पोजिसनमा सबैले ध्यान दिएर खेल्ने बताइन् ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले व्यक्तिगत रूपमा जितको भावना राखेर खेलेमा उपाधि टाढा नभएको बताए ।

बंगलादेश प्राविधिक रूपमा धेरै राम्रो रहे पनि आफ्ना खेलाडीहरूको प्रदर्शन कमजोर नरहेको सुनाए ।

पाएको मौकालाई सदुपयोग गर्ने र आफ्नो पोजिसनमा राम्रो खेल्न खेलाडीलाई अनुरोध गर्दै उनले दर्शकको साथमा उपाधि जितेर छाड्ने बताए ।

यता, बंगलादेशका प्रशिक्षक पिटर बटलरले फाइनल खेल सोचेभन्दा प्रतिस्पर्धात्मक हुने बताए ।

नेपालले भारतविरुद्ध खेलेको सेमिफाइनल हेर्दा अचम्मित बनेको प्रतिक्रिया उनको छ ।

कप्तान सवीना खातुनले पछिल्लो समय बंगलादेशको प्रदर्शनमा सुधार आएकोले फाइनलमा झनै सुधारिएको खेल खेल्ने बताइन् ।

३० वर्षीय खातुन सन् २०१० देखि बंगलादेश महिला टोलीमा निरन्तर खेल्दै आएकी अनुभवी खेलाडी पनि हुन् ।

बंगलादेशविरुद्ध बुधबार मैदान उत्रिँदा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले समग्रमा अन्तर्राष्ट्रिय प्रतियोगितामा १२औँपटक फाइनलमा खेल्दै छ ।

सातौँ दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ)मा लगातार दोस्रोपटक फाइनल स्थान पक्का गरेको नेपालले उपाधि भिडन्तमा साबिक विजेता बंगलादेशविरुद्ध बुधबार दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै छ ।

दक्षिण एसियाली खेलकुद (साग)मा भारतले तीनपटक स्वर्णपदक भिडन्तमा नेपाललाई हराएको थियो ।

बंगलादेशसँग साफ महिला च्याम्पियनसिप, म्यानमारसँग हिरो महिला कप, जोर्डनसँग वाफ महिला च्याम्पियनसिप र उज्वेकिस्तानसँग नाजेज्दा कपको फाइनल खेल पनि गुमाएको थियो ।

नेपाल १२औँ फाइनल भिडन्तमा उपाधि जित्ने योजनामा छ ।

प्रकाशित समय: बुधबार १४ कार्तिक, २०८१, ०६:०५:१२
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०