तिहारमा कस्तो हुनुपर्छ बालबालिकाको खानपान ?

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १४ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । सनातन हिन्दु धर्मावलम्बीको दोस्रो महान चाड तिहार । ‘फूलैफूलको पर्व ।’ झिलिमिली बत्तीको पर्व ।’ मिठाइहरूको पर्व ।’ अनेकौँ विशेषता छन्, तिहार अर्थात् दीपावलीका ।

तिहारमा धेरै नै मात्रामा सेलराेटी र मिठाइको प्रयोग हुन्छ, जुन प्रत्यक्ष रूपमा हाम्रो स्वास्थ्यसँग जोडिएको हुन्छ । यसरी तिहारमा खानेकुरामा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ ।

तिहारमा विशेषगरी बालबालिकाको खानपानमा ध्यान दिन आवश्यक छ । यसो नगरेमा उनीहरू छिट्टै बिरामी हुनसक्ने हुँदा अभिभावक भने चिन्तित हुन्छन् ।

बच्चाहरू केही नयाँ वा मिठो कुरा पाउँदा एकैपटकमा बढी खाने जसकारण, खाना, फलफूल तथा साग नखाने स्वभावका हुन्छन् ।

तिहारको समयमा बच्चाहरूलाई खानपानमा नियन्त्रण गर्नुभन्दा पनि खाने तरिका र मात्रामा नियन्त्रण गर्न सकिन्छ ।

तिहारको खानेकुरामा सेलरोटीलगायत अन्य मिठाई नै सबैभन्दा प्रमुख परिकार मानिन्छ । यस्ता मिठाई खानुहुँदैन भन्ने हुँदैन तर यसलाई धेरै मात्रामा खानु हुँदैन ।

बालबालिका आफैंले आफ्नो स्वास्थ्यमा ध्यान दिन नसक्ने हुनाले सेलरोटीलगायतका परिकार खाएपनि ठिक्क मात्रामा खाने र खाली पेटमा खान दिनुहुँदैन भनेर अभिभावकले विशेष ध्यान दिनपर्ने उनको भनाइ छ ।

पटक–पटक प्रयोग गरिएको तेल स्वास्थ्यका लागि हानीकारक हुने हुुँदा एकपटक पकाइसकेको तेललाई फेरि प्रयोग नगर्ने, त्यस्ता तेलमा पकाइएको कुनै पनि खाना बच्चालाई खुवाउनुहुँदैन ।

तिहारजस्ता चाडपर्वमा बालबालिकालाई बढी मात्रामा बजारिया मिठाई दिने प्रचलन छ त्यो गलत हो ।

बच्चालाई यस्तो मिठाई वा चिल्लो खानाबाहेक बेला–बेला खाना खुवाउने तथा हरियो सागसब्जी, फलफूल र ड्राइ फ्रुट्समा पनि बढी जोड दिनुपर्छ ।

बालबालिकालाई खाली पेटमा सेलरोटी र मिठाई खान नदिने, ठिक्क मात्रामा खान दिने, मिठाईबाहेक अन्य पोषकतत्त्व भएको सन्तुलित खानपानमा अभिभावकले ध्यान दिनु उचित हुन्छ ।

प्रकाशित समय: बुधबार १४ कार्तिक, २०८१, ०८:२९:२६
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?
बिहिबार १४ साउन, २०८३
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०