जाडोमा तातो पानी पिउने कि चिसो ?

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १३ कार्तिक, २०८१
२ वर्षअघि
पानी

विराटनगर । चिसो सुरु हुनासाथै हाम्रो खानपानको मात्रा बढ्छ तर, पानी पिउने मात्रा भने घट्दै जान्छ ।

हाम्रो शरीरको बनावटमा ५५ देखि ७५ प्रतिशत जल हुन्छ । शरीरले आफ्नो गतिविधि सञ्चालनमा धेरै पानी खर्च गर्छ ।

Advertisement

जस्तो कि, दिनरात सासफेर्दा करिव सवा गिलास पानी खर्च हुन्छ । पसिना र मुत्रको रुपमा शरीरको विषाक्त पदार्थलाई बाहिर निकाल्नमा पनि पानीको महत्वपूर्ण मात्रा खर्च हुन्छ ।

त्यसैले बारम्बार पानी पियरमात्रै हामी उपयोगमा आइसकेको जलको क्षतिपूर्ती गर्न सक्छौं ।

पानीबिना शरीरभित्रका कुनै पनि कामहरू सम्भव हुँदैनन् ।

शरीरमा पानीको मात्रा कम भएसँगै स्वास्थ्यमा विभिन्न समस्या देखापर्न थाल्छ ।

शरीरमा पानीको सन्तुलन बनाइराख्न जति मात्रामा पानी शरीर बाहिर जान्छ त्यति मात्रामा पानी पिउनु अति आवश्यक हुन्छ ।

तर, जाडो महिनामा अन्य समयको तुलनामा कम पानी पिउने गरिन्छ । जाडोमा कम पानी पिउनाले डिहाइड्रेसन हुने सम्भावना धेरै नै हुन्छ ।

डिहाइड्रेसनले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउँछ । जाडोमा कति पानी पिउनु पर्छ ? तातो पानी पिउने कि चिसो ? यस्ता कुराहरू धेरैलाई थाहा नहुन सक्छ ।

जाडोमा धेरैजसो मानिस तातो पानी पिउन रुचाउँछन् । तातो पानी पिउनुका आफ्नै फाइदाहरू छन् । तर, तातो पानीले तिर्खा नमेट्ने भन्दै कतिपय मानिस जाडोमा पनि चिसो पानी नै पिउने गर्छन् ।

अपर्याप्त पानीको सेवनले, विशेषगरी जाडो महिनामा, शरीरमा डिहाइड्रेसन हुनसक्ने पोषण विज्ञ स्वेच्छा बस्नेत बताउँछिन् ।

उनका अनुसार शरीरमा पानीको मात्रा नपुग्नाले ओठ फुट्ने, नाकबाट रगत बग्ने, सुख्खा खोकी, कब्जियत, टाउको दुख्ने, थकान, मांसपेशी दुख्ने, छाला सुक्खा हुने र एक्ने जस्ता सामान्य लक्षण र रोगहरू निम्तिन सक्छ ।

जाडो महिनामा शरीरमा पसिना नआउने भएकोले मानिसले पर्याप्त पानी पिउन बिर्सिने उनको भनाइ छ ।

त्यस्तै, अन्य मौसमको तुलनामा जाडोमा मानिस कम सक्रिय हुन्छ ।

चिसो वातावरणमा, मिर्गौलाले वास्तवमा धेरै पिसाब उत्सर्जन गर्छ, ‘त्यसैले शरीरमा पानीको सन्तुलन बनाइराख्न आवश्यक हुन्छ ।

जाडोको महिना भए पनि दैनिक कम्तिमा तीनदेखि चार लिटर पानी पिउनुपर्ने उनले सुझाएकी छिन् ।

जाडोमा चिसो पानीभन्दा पनि मनतातो पानी, सुप, रस भएको फलफूलको सेवन गरी शरीरलाई हाइड्रेट राख्न आवश्यक हुने उनी बताउँछिन् ।

वातावरणमा मर्करीको स्तर खस्कँदा चिसो पेयको सेवन गर्नु दिमागमा आउने अन्तिम कुरा हुन सक्छ ।

तर दैनिक तरल पदार्थको सेवनमा कमी आए मानिसलाई प्रायः भोक बढी लागेको महसुस हुनसक्छ ।

जसले अस्वस्थकर खानेकुरा खाने लोभ निम्त्याउँछ । यस्ता खानाले मोटपनाको जोखिम पनि बढ्छ ।

जाडोमा तातो पेयपदार्थहरू, जस्तै चिया वा कागतीसहितको तातो पानी, र सुपले शरीरलाई न्यानो बनाउनुका साथै पेट पनि भरेको अनुभव गराउँछ ।

शारीरिक रूपमा न्यानो चीजहरू, जस्तै तातो पानीले नुहाउने वा तातो पेयपदार्थको सेवन गर्नाले मानिसहरू खुसी हुने तथा एक्लो महसुस नहुने धेरै अनुसन्धानहरूले देखाएका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०