प्रचण्ड भन्छन् : माओवादी सकिएर गए पनि पूर्वराजासँग भेटवार्ता गर्दिनँ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । वरिष्ठ पत्रकार किशोर नेपाललगायतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेट भएको जनाएका थिए ।

पत्रकार नेपालले  पूर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डको भेटवार्ता भएको भन्दै सामाजिक सञ्जालमा राखेपछि यो खबर व्यापक फैलिएको थियो ।

Advertisement

तर, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पूर्वराजासँग भेट गरेको समाचार झुटो भएको उनको सचिवालयले जनाएको छ ।

प्रचण्डले पूर्वराजासँग भेटवार्ता गरेको दाबीसहित सामाजिक सञ्जालमा व्यापक फैलिएपछि प्रचण्डको सचिवालयले यस्तो स्पष्टीकरण दिएको हो ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्ड-पूर्वराजाको भेटवार्ताको समाचार हल्ला‚ कपोलकल्पित र झुटमात्र भएको बताए ।

आफ्नो पार्टी सकिएर गए पनि पूर्वराजासँग भेटवार्ता नगर्ने प्रचण्डले बताएको सचिवालयले जनाएको छ ।

माओवादीलाई कमजोर बनाउन प्रायोजित तवरबाट कसैले यस्तो कपोलकल्पित हल्ला फैलाएको स्वकीय सचिव मल्लको आरोप छ ।

गणतन्त्रका लागि लडेको माओवादीले ज्ञानेन्द्रसँग भेटवार्ता गरेर देशमा फेरि राजतन्त्र ल्याउन माओवादी तयार हुनु बुझिने उनको भनाइ थियो ।

उनले यस्ता कपोलकल्पित प्रायोजित हल्लाको पछि नलाग्न पनि आग्रह गरे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०