सेमिफाइनलमा नेपालको पुरानै प्रतिद्वन्द्वी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ कार्तिक, २०८१
२ वर्षअघि

काठमाडौं । समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले श्रीलंकाविरुद्ध ६–० को जित निकालेसँगै साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनल समीकरण पूरा भएको छ ।

बिहीबार सात हजार घरेलु समर्थकमाझ नेपाललाई जित दिलाउन रेखा पौडेलले दुई गोल गर्दा सावित्रा भण्डारी, अमिषा कार्की, रश्मीकुमारी घिसि र सविता रानामगरले समान एक गोल थपे ।

आजको खेलमा समूह ‘बी’ को विजेता बन्न नेपाललाई ६–० ले जित्नै पर्ने दबाब थियो ।

एकै समूहमा रहेको भुटानले दिनको पहिलो खेलमा माल्दिभ्सविरुद्ध १३–० को जित निकालेसँगै नेपाललाई यो दबाब थपिएको थियो ।

समीकरणअनुरुपको जित निकालेसँगै भुटानलाई गोलआधारमा पछि पार्दै नेपाल समूह विजेता बन्यो ।

यो समूहमा नेपाल र भुटान अन्तिम चारमा पुग्दा श्रीलंका तेस्रो स्थानमा रहँदै र माल्दिभ्स पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिए ।

प्रतियोगितामा माल्दिभ्स गोल नगर्ने एकमात्र टिम बन्यो ।

यता, समूह ‘ए’ बाट साविक विजेता बंगलादेशले शीर्ष स्थानमा हात पार्‍यो ।

समूहको आफ्नो अन्तिम खेलमा भारतविरुद्ध ३–१ को जित निकाल्दै बंगलादेश समूह विजेता बनेको हो ।

भारत समूह उपविजेता बन्यो ।

यसै समूहको पाकिस्तान भने एक अंक जोड्दै बाहिरिएको छ ।

पाकिस्तानले समूह चरणको खेलमा साविक विजेता बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै सनसनी मच्चाएको थियो ।

नेपालले अब सेमिफाइनलमा प्रतियोगिताकै सबैभन्दा सफल टिम भारतसँग खेल्नेछ ।

भारतले साफका पछिल्ला ६ मध्ये पाँच संस्करणको उपाधि जितेको छ ।

नेपालले साफका पाँच फाइनलमा बेहोरेको हारमध्ये चारमा भारत नै बाधक बनेको थियो ।

यसअघि गत संस्करणमा पनि नेपालले सेमिफाइनमा भारत नै प्रतिद्वन्द्वी पाएको थियो ।

दशरथ रंगशालामै भएको उक्त खेलमा नेपालले भारतलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

त्यसबेला नेपाललाई जित दिलाउन रश्मीले निर्णायक गोल गरेकी थिइन् ।

यी दुई टिमबीचको दोस्रो सेमिफाइनल आइतबार साँझ ६ः३० बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानविरुद्ध खेल्नेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलको रुपमा रहेको यो खेल सोही दिन दिउँसो १ः३० बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका सातवटै देशले सहभागिता जनाएका थिए ।

प्रकाशित समय: बिहिबार ८ कार्तिक, २०८१, २१:३०:१३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०