बिदामा बस्न खोजेका न्यायाधीशलाई बोलाएर पक्राउ गर्न लगाइएको थियो रविलाई

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ४ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा पुर्‍याइएको थियो ।

Advertisement

अब आज प्रहरीले म्याद थपका लागि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो ।

पूरक मुद्दाका लागि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । यसअघि सोही प्रकरणमा पक्राउ परेका छविलाल जोशीसँगै जोडेर लैजाने प्रहरीको तयारी छ । जोशीको भने बयान सकिएको छ ।

जोशीले सहकारीबाट रकम ल्याएर गोर्खा मिडियामार्फत अपचलन गर्ने कार्यमा जीबी राई, लामिछानेलगायत संलग्न रहेको भन्दै आफू निर्दोष रहेको जिकिर गरेका छन् ।

गत वर्षदेखि नै फरार रहेका राई हाल मलेसियामा रहेको प्रहरीले जनाएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ ।

त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो ।

यसअघि पक्राउ परेर मुद्दा चलाइएका मध्ये ६ जना पुर्पक्षका लागि हिरासतमा रहेका छन् ।

यता, रवि पक्राउ परेको विषयलाई लिएर रास्वपाका केन्द्रीय नेता एवम् कार्यकर्ताले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

सहकारी ठगी, संगठित अपराध एवम् किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपा नेता एवं कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

विरोधसभालाई सम्बोधनका क्रमम रास्वपा नेताले षड्यन्त्रपूर्वक लामिछानेलाई फसाइएको भन्दै सरकारको आलोचना गरेका थिए ।

प्रदर्शनकारीले कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेल पनि सहकारी ठगीमा संलग्न रहेकाले कारबाही गर्नुपर्ने माग गरेका थिए ।

रविलाई पक्राउ गर्न राज्यको हतारो

रविलाई पक्रन हतारो देखाएको सरकारले बिदामा बस्न लागेका न्यायाधीशलाई बोलाएको थियो । घटस्थापनाको दिनदेखि नै बन्द रहेको कास्की जिल्ला अदालत शुक्रबार मात्रै खुलेको थियो ।

सात न्यायाधीश कार्यरत उक्त अदालतमा शुक्रबार कोही पनि उपस्थित थिएनन् । तर, न्यायाधीश कृष्णजंग शाहलाई अपराह्नतिर हतार–हतार अदालत बोलाइयो ।

कार्यालय समय सकिएपछि करिब साढे २ बजेतिर अदालत पुगेर उनले लामिछानेलाई पक्राउ गर्न अनुमति दिए ।

स्रोतका अनुसार शुक्रबार ६ न्यायाधीश बिदामै थिए । शाह पनि बिदामा बस्न खोजेका थिए ।

तर, लामिछानेलाई शुक्रबारै पक्राउ गर्ने सरकारको योजनाअनुसार नै उनलाई हतारमा बोलाएर पक्राउ अनुमति लिइएको थियो ।

दसैँ बिदामा नेपालगन्जस्थित घरमा रहेका उनलाई जसरी पनि शुक्रबार हाजिर हुन माथिल्लो तहबाट खबर पठाइएको स्रोत बताउँछ ।

लामिछानेलाई पक्राउ पुर्जी अनुमतिका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसहितको टोली अदालत गएका थिए ।

उनीहरू अदालत पुग्दा अदालतमा कोही पनि न्यायाधीश थिएनन् ।

लामिछानेकै मुद्दामा धेरै न्यायाधीश पन्छिन खोजेर पनि बिदामा बसेको जिल्ला अदालतका एक कर्मचारी बताउँछन् ।

न्यायाधीश शाह साढे २ बजे कार्यालय पुगेपछि कास्कीका एसपी श्यामबाबु ओलिया र डिएसपी वसन्त शर्माले पक्राउ पुर्जी लिएका थिए ।

प्रहरीले अपराह्न करिब ४ बजे मात्रै पक्राउ अनुमति पाएको थियो ।

न्यायाधीश शाह गत १५ साउनमा अर्घाखाँचीबाट कास्की सरुवा भएका थिए । उनी कांग्रेसनिकट मानिन्छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०