धेरै सुत्ने मानिसमा मुटु रोग तथा स्ट्रोकको जोखिम बढी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २२ असोज, २०८१
२ वर्षअघि

विराटनगर । धेरै समय सुत्ने मानिसमा मुटु रोग तथा स्ट्रोकको जोखिम बढी हुने विभिन्न अध्ययनले देखाएको छ ।

राष्ट्रिय स्वास्थ्य र पोषण परीक्षा सर्वेक्षण (एनएएचएनइएस) का अन्वेषकहरूले दुवै छोटो समय र लामो समयको निन्द्रालाई कोरोनरी हृदय रोग र स्ट्रोकको उच्च जोखिमसँग जोडेका छन् ।

अध्ययनका अनुसार हरेक रात आठ घण्टाभन्दा बढी निदाउने मानिसहरूमा एनजाइना (कम रक्त प्रवाहको कारण छातीमा दुखाई) हुने सम्भावना दुई गुणा बढी हुने र कोरोनरी हृदय रोगको जोखिम १० प्रतिशत बढी हुन्छ ।

७१ हजारभन्दा बढी मध्यम उमेरका महिलाहरू समावेश गरिएको नर्सहरूको स्वास्थ्य अध्ययनबाट गरेको डेटाको विश्लेषणमा निन्द्राको समय र महिलाको हृदय स्वास्थ्यको बीच पनि सम्बन्ध पत्ता लागेको छ ।

सामान्य आठ घण्टाको निन्द्राको तुलनामा, प्रतिरात नौदेखि ११ घण्टा सुत्ने महिलाहरूलाई कोरोनरी हृदय रोगको सम्भावना ३८ प्रतिशत बढी हुन्छ ।

त्यस्तै, एनएएचएनइएसका अनुसार ६ देखि आठ घण्टासम्म सुत्ने मानिसहरूको तुलनामा आठ घण्टाभन्दा बढी सुत्ने मानिसमा स्ट्रोकको जोखिम ५० प्रतिशतभन्दा बढी थियो ।

आठ घण्टाभन्दा बढी निदाउने र दिनमा पनि निन्द्रा लाग्ने वा झपझप हुने मानिसहरूमा अन्यको तुलनामा स्ट्रोको जोखिम ९० प्रतिशत बढी भएको अध्ययनले देखाएको हो ।

धेरै सुत्ने मानिसमा मस्तिस्कको कार्यमा बाधा पुग्ने, स्मरण शक्ति कमजोर हुने, डिप्रेसन, अल्जाइमर तथा डिमेन्सियाको जोखिम बढ्ने, थकान तथा दुखाइ बढ्ने, रोग प्रतोरोधात्मक क्षमता कमजोर हुने, प्रजनन क्षमता कमजोर हुने, मोटोपना, मधुमेहलगायतका दीर्घकालीन रोगको जोखिम बढ्नुका सात जुनसुकै कारणले हुनसक्ने मृत्युको जोखिम पनि बढी हुन्छ ।

प्रकाशित समय: मङ्गलबार २२ असोज, २०८१, ०७:०९:३३

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०