यसकारण रातको समयमा दम बढ्न सक्छ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ असोज, २०८१
२ वर्षअघि

विराटनगर । दम (अस्थमा) श्वासप्रश्वाससम्बन्धी देखिने समस्यामध्ये एक हो ।

दमको समस्या भएको व्यक्तिको श्वासनली र वरिपरिको मार्ग साँघुरो भई सुन्निएको हुन्छ ।

Advertisement

फोक्सोमा हावा जान कठिनाइ हुने कारणले सास फेर्न गाह्रो हुन्छ ।

दमको समस्या भएका मानिसलाई सास फेर्न गाह्रो हुने, खोकी, स्वाँस्वाँ हुने, घ्यारघ्यार हुने, सास फेर्दा सिटी बजेको जस्तो आवाज आउने, छातीमा दवाव परेको जस्तो अनुभव हुनेजस्ता लक्षण देखापर्ने हुन्छ ।

चिसो, वा एलर्जीको कारण दमको समस्या भएका मानिसलाई थप गाह्रो हुन सक्छ ।

तर, रातको समयमा दम बढ्नसक्ने कारण खोक्दा वा सास फेर्न असमर्थ हुनुले निन्द्रामा डिस्टर्ब गर्छ ।

दमको रोग भएका सबैलाई रातको समयमा गाह्रो अनुभव हुन्छ भन्ने हुँदैन, तर धेरैलाई रातिको समयमा दमले सताउने हुन्छ ।

दमको लगभग ३० देखि ७० प्रतिशत व्यक्तिमा रातको समयमा दमको अनुभव गर्छन्, वा रातमा दमको लक्षणहरू बढ्दै जाने हुनसक्छ ।

सुत्ने खाटमा हुनसक्ने एलर्जी निम्त्याउने कारक (धुलो, जनावरको रौँ वा छाला, कुरा आदि) ले पनि सुत्ने समयमा वा रातमा दमको समस्यालाई भड्काउन सक्छ ।

साथै, कोही मानिसलाई एलर्जी भएको समयमा भन्दा केही घण्टापछि प्रतिक्रिया देखाउने हुँदा दिउँसो वा साँझमा एलर्जी भएमा राति सुत्ने समयमा असर पुग्न सक्छ ।

ओछ्यानमा पल्टँदा पेटको एसिडलाई मुखतिर यात्रा गर्न सजिलो हुन्छ ।

केही तरल पदार्थ ठूलो वायुमार्गमा प्रवेश गर्न सक्छ र खोकी उत्पन्न गराउँन सक्छ ।

पेटको एसिडले वायुमार्गलाई सीमित गर्नसक्ने हुँदा यसले सास फेर्न गाह्रो बनाउँछ ।

त्यस्तै, सीधा पल्टँदा नाकको पदार्थ घाँटीमा झर्ने हुँदा यसले पनि खोकी निम्त्याउन सक्छ ।

सुत्ने बेलामा फोक्सोको कार्यमा परिवर्तन आउँदा पनि रातको समयमा दम रोगीलाई गाह्रो हुनसक्छ ।

दमको औषधिले रातको समयमा प्रभावकारिता गुमाउने हुँदा रातको समयमा दमको अनुभव गर्न सकिन्छ ।

साथै, तनावका कारण पनि रातको समयमा दमको समस्या बढ्ने वा दम रोगीलाई गाह्रो हुनसक्छ ।

दमको कारण राति निन्द्राको बीचमा उठ्नुपरेमा आफ्नो इनहेलर प्रयोग गर्नुपर्छ ।

दमको समस्या भएकाले आफ्नो इनहेलरलाई आफू नजिक नै राख्नु उचित हुन्छ ।

सीधा पल्टिनुभन्दा पनि सुताइको पोजिसन मिलाउनाले पनि सहयोग गर्न सक्छ ।

अत्यधिक खोकी लागेको केही व्यक्तिलाई पानी पिउँदा पनि राहत भएको हुनसक्छ ।

नियमित रूपमा रातिको समयमा दमका लक्षण अनुभव हुन थालेमा चिकित्सकसँग यस समस्याको बारेमा कुरा गर्नुपर्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०