यसकारण रातको समयमा दम बढ्न सक्छ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ असोज, २०८१
७ महिनाअघि

विराटनगर । दम (अस्थमा) श्वासप्रश्वाससम्बन्धी देखिने समस्यामध्ये एक हो ।

दमको समस्या भएको व्यक्तिको श्वासनली र वरिपरिको मार्ग साँघुरो भई सुन्निएको हुन्छ ।

फोक्सोमा हावा जान कठिनाइ हुने कारणले सास फेर्न गाह्रो हुन्छ ।

दमको समस्या भएका मानिसलाई सास फेर्न गाह्रो हुने, खोकी, स्वाँस्वाँ हुने, घ्यारघ्यार हुने, सास फेर्दा सिटी बजेको जस्तो आवाज आउने, छातीमा दवाव परेको जस्तो अनुभव हुनेजस्ता लक्षण देखापर्ने हुन्छ ।

चिसो, वा एलर्जीको कारण दमको समस्या भएका मानिसलाई थप गाह्रो हुन सक्छ ।

तर, रातको समयमा दम बढ्नसक्ने कारण खोक्दा वा सास फेर्न असमर्थ हुनुले निन्द्रामा डिस्टर्ब गर्छ ।

दमको रोग भएका सबैलाई रातको समयमा गाह्रो अनुभव हुन्छ भन्ने हुँदैन, तर धेरैलाई रातिको समयमा दमले सताउने हुन्छ ।

दमको लगभग ३० देखि ७० प्रतिशत व्यक्तिमा रातको समयमा दमको अनुभव गर्छन्, वा रातमा दमको लक्षणहरू बढ्दै जाने हुनसक्छ ।

सुत्ने खाटमा हुनसक्ने एलर्जी निम्त्याउने कारक (धुलो, जनावरको रौँ वा छाला, कुरा आदि) ले पनि सुत्ने समयमा वा रातमा दमको समस्यालाई भड्काउन सक्छ ।

साथै, कोही मानिसलाई एलर्जी भएको समयमा भन्दा केही घण्टापछि प्रतिक्रिया देखाउने हुँदा दिउँसो वा साँझमा एलर्जी भएमा राति सुत्ने समयमा असर पुग्न सक्छ ।

ओछ्यानमा पल्टँदा पेटको एसिडलाई मुखतिर यात्रा गर्न सजिलो हुन्छ ।

केही तरल पदार्थ ठूलो वायुमार्गमा प्रवेश गर्न सक्छ र खोकी उत्पन्न गराउँन सक्छ ।

पेटको एसिडले वायुमार्गलाई सीमित गर्नसक्ने हुँदा यसले सास फेर्न गाह्रो बनाउँछ ।

त्यस्तै, सीधा पल्टँदा नाकको पदार्थ घाँटीमा झर्ने हुँदा यसले पनि खोकी निम्त्याउन सक्छ ।

सुत्ने बेलामा फोक्सोको कार्यमा परिवर्तन आउँदा पनि रातको समयमा दम रोगीलाई गाह्रो हुनसक्छ ।

दमको औषधिले रातको समयमा प्रभावकारिता गुमाउने हुँदा रातको समयमा दमको अनुभव गर्न सकिन्छ ।

साथै, तनावका कारण पनि रातको समयमा दमको समस्या बढ्ने वा दम रोगीलाई गाह्रो हुनसक्छ ।

दमको कारण राति निन्द्राको बीचमा उठ्नुपरेमा आफ्नो इनहेलर प्रयोग गर्नुपर्छ ।

दमको समस्या भएकाले आफ्नो इनहेलरलाई आफू नजिक नै राख्नु उचित हुन्छ ।

सीधा पल्टिनुभन्दा पनि सुताइको पोजिसन मिलाउनाले पनि सहयोग गर्न सक्छ ।

अत्यधिक खोकी लागेको केही व्यक्तिलाई पानी पिउँदा पनि राहत भएको हुनसक्छ ।

नियमित रूपमा रातिको समयमा दमका लक्षण अनुभव हुन थालेमा चिकित्सकसँग यस समस्याको बारेमा कुरा गर्नुपर्छ ।

प्रकाशित समय: शुक्रबार ११ असोज, २०८१, २१:०३:४८

सम्बन्धित खबर

विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा तीलगंगाका वरिष्ठ डाक्टरहरूको सेवा

शनिवार ६ ब‌ैशाख, २०८२
१० घण्टाअघि

दृष्टि सेवामा समर्पित संस्था बन्दै रामलाल गोल्छा आँखा अस्पताल

बुधबार २६ चैत, २०८१
१ हप्ताअघि

रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा बराहक्षेत्रमा आँखा उपचार केन्द्रको थालनी

बुधबार २६ चैत, २०८१
१ हप्ताअघि

रंगेली अस्पतालमा ८० जनाले पाए हाइड्रोसिल र हर्नियाको निःशुल्क उपचार

बुधबार १२ चैत, २०८१
४ हप्ताअघि
Holi

होलीको रङ हटाउन घरमै बनाउन सकिन्छ प्राकृतिक प्याक

बिहिबार २९ फाल्गुण, २०८१
१ महिनाअघि

ताप्लेजुङ : चार शिक्षक र १५० विद्यार्थी एक्कासी बिरामी, तीन दिन विद्यालय बन्द

शनिवार १७ फाल्गुण, २०८१
२ महिनाअघि
विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा तीलगंगाका वरिष्ठ डाक्टरहरूको सेवा
शनिवार ६ ब‌ैशाख, २०८२
विराटनगरबाट स्रोत नखुलेको सात लाखसहित भारतीय नागरिक पक्राउ
शुक्रबार ५ ब‌ैशाख, २०८२
काठमाडौंबाट फर्किँदै गरेको इभी गाडी दुर्घटना : दुई जनाको मृत्यु, १४ जना घाइते
शुक्रबार ५ ब‌ैशाख, २०८२
इलाममा सशस्त्र प्रहरीको गाडीसँग ठोक्कियो बोलेरो
शुक्रबार ५ ब‌ैशाख, २०८२
एमाले विराटनगरको अध्यक्षमा ढकाल समूहका गिरी विजयी
शुक्रबार ५ ब‌ैशाख, २०८२
देवानगन्जको गोली काण्ड : तीन जना पक्राउ, कारण खुल्न सकेन
बुधबार ३ ब‌ैशाख, २०८२
एक वर्षमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढ्यो
मङ्गलबार २ ब‌ैशाख, २०८२
आज ६ महिलाले गर्नेछन् ११ मिनेटको अन्तरिक्ष यात्रा
सोमबार १ ब‌ैशाख, २०८२
हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु
सोमबार १ ब‌ैशाख, २०८२
कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्‍यो जुडो खेलाडीको बिदाइ
आईतबार ३० चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०