हाइपरथाइराइडिज्म : यी लक्षण देखा परे शरीरमा थाइराइड हर्मोनको मात्रा बढी हुन्छ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ असोज, २०८१
६ महिनाअघि

विराटनगर । थाइराइड हर्मोन मानव शरीरलाई एकदम आवश्यक पर्ने हर्मोनमध्ये एक हो ।

थाइराइड ग्रन्थी घाँटीको अगाडिपट्टि हुन्छ, जसले टेट्रा आयोडोथ्रायोनिन (टि–४) र ट्राइ आयोडोथ्रायोनिन (टि–३) नामक दुई प्रमुख थाइराइड हर्मोन उत्पादन गर्ने काम गर्छ ।

यसले मानव शरीरको मेटाबोलिजम, वृद्धि र विकासमा प्रमुख भूमिका खेल्छ ।

साथै, शरीरका धेरै कार्य नियमित र सही ढंगले गर्न मद्दत गर्छ । शरीरमा थाइराइड हर्मोन बढी वा कम उत्पादन हुँदा रोग लाग्ने हुन्छ ।

शरीरमा थाइराइड हर्मोन बढी हुनुलाई हाइपरथाइराइडिज्म र कम हुनुलाई हाइपोथाइराइडिज्म भन्ने गरिन्छ ।

हाइपरथाइराइडिज्म विभिन्न कारणले हुनसक्छ ।

टि–४ वा टि–३ वा दुवै हर्मोनको मात्रा धेरै भएमा, थाइराइड ग्रन्थी सुन्निने वा ट्युमर हुँदा, अत्यधिक नुनको सेवन, टेस्ट्स र अण्डाशयको ट्युमर, टि–४ भएको खाना वा औषधिको अत्यधिक सेवन गरेका हाइपर थाइराइडिज्मको समस्या निम्तिन सक्छ ।

टि–४ वा टि–३ वा दुवै हर्मोनको मात्रा धेरै भएमा मुटुको दर बढ्ने, रक्तचाप बढ्ने र हातको कम्पनको अनुभव गर्न सकिन्छ ।

हाइपर थाइरायडिज्मले पेटसम्बन्धी समस्या निम्त्याउनुका साथै गोइटर, आँखामा समस्या, तौल घटाउने, र महिलामा अनियमित माहिनावारीको समस्या पैदा गर्न सक्छ ।

हाइपरथायरायडिज्मका अन्य लक्षणहरूः

–भोक बढ्ने
–घबराहट, मन शान्त नहुने
–ध्यान एकाग्र गर्न असमर्थ हुने
–कमजोरी
–मुटुको धड्कन अनियमित हुने
–सुत्न कठिनाई हुने
–कपाल र नङ पालतो भएर टुट्ने
–कपाल झर्ने
–चिलाउने
–वाकवाकी र बान्ता हुने
–पुरुषहरूमा स्तनको विकास हुने

रिंगटा लाग्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने तथा मुटुको धड्कन तेज भएमा तत्काल डाक्टरकोमा जान आवश्यक हुन्छ ।

प्रकाशित समय: सोमबार १४ असोज, २०८१, २१:१२:१३

सम्बन्धित खबर

सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै
बुधबार ५ चैत, २०८१
मोरङमा अखिल क्रान्तिकारीको दबदबा : सातमध्ये चार वटामा विजयी
बुधबार ५ चैत, २०८१
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०