प्रचण्डको दाबी : ओली नेतृत्वको सरकार लामो समय टिक्दैन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० असोज, २०८१
२ हप्ताअघि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरेका छन् ।

बिहीबार काठमाडौंको कीर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कांग्रेस–एमालेबीच आन्तरिक विवाद सुरु भइसकेको भन्दै वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरे ।

केही समयभित्रै कांग्रेस–एमालेको गठबन्धन भत्किएपछि के गर्ने भन्ने सोच्नुपर्ने अवस्था आएको उनले बताए ।

प्रचण्डले भ्रष्टाचारीलाई बचाउन संख्याको बलमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको उल्लेख गरे ।

सरकारबाट निक्लिँदै गर्दा कार्यकर्ताहरू सडकको बाघ र आफू प्रतिनिधिसभाको सिंह भएर निक्लेको उनले बताए ।

त्यस्तै प्रचण्डले जनयुद्धदेखि शान्ति प्रक्रियामा आएपछि पनि कहीँ न कहीँ घेरा हाल्ने र माओवादी आन्दोलनलाई सिद्धाउने षडयन्त्र हुँदै आएको भन्दै षडयन्त्रको घेरा तोड्दै अघि बढ्ने जिकिर गरे ।

ठूला दलहरू मिलेर अहिलेसम्मको उपलब्धिलाई नै उल्टाउने प्रयास भइरहेकाले सडकबाट प्रतिक्रियावादीलाई झकाउने उनको भनाइ छ ।

उनले समाजवादी मोर्चा र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने अभियानमा रहेको बताए ।

केही समयभित्रै एकता र मोर्चाको नयाँ समाचार सुन्न पाउने उनले बताए ।

उनले माओवादीले सरकारको नेतृत्व गरेको बेलामा गरेका महत्वपूर्ण कामको चर्चा गर्दै यसलाई आम जनतामा स्थापित गर्नुपर्ने बताए ।

प्रचण्डले लोकतान्त्रिक पद्धति अनुसार संगठनका नेतृत्व चयन गर्न सुझाव दिँदै संगठनको नेतृत्व चयनमा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

नेतृत्व निर्माणका क्रममा कुनै गुटबन्दी नगर्न उनले निर्देशनसमेत दिए ।

प्रकाशित समय: बिहिबार १० असोज, २०८१, १८:२९:०६

सम्बन्धित खबर

नयाँ पार्टी खोल्ने ‘जोगी सर’ को संकेत

शनिवार १९ असोज, २०८१
२ दिनअघि

झलनाथ खनालले किन मागे प्रधानमन्त्री ओलीको राजीनामा ?

शनिवार १९ असोज, २०८१
२ दिनअघि

भारतीय प्रधानमन्त्रीसँग भेटेर परराष्ट्रमन्त्री राणाले दिइन् नेपाल भ्रमणको निम्तो

सोमबार ३ भदौ, २०८१
२ महिनाअघि

मन्त्री राणाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने

सोमबार ३ भदौ, २०८१
२ महिनाअघि

ग्रामथान गाउँपालिका अध्यक्षको आकांक्षी : पूर्वाध्यक्षदेखि पूर्वअध्यक्षका ‘पिए’ सम्म !

बुधबार ३० साउन, २०८१
२ महिनाअघि

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर हुँदा घटुवामा परे स्वास्थ्यमन्त्री पौडेल

बिहिबार २४ साउन, २०८१
२ महिनाअघि
विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट समातिए तीन जना नक्कली परीक्षार्थी
सोमबार २१ असोज, २०८१
सफा गर्नेक्रममा बन्दुक पड्कियो, छर्राले लागेर युवकको मृत्यु
सोमबार २१ असोज, २०८१
अर्जेन्टिनालाई हराउँदै ब्राजिलले जित्यो विश्वकप !
आईतबार २० असोज, २०८१
बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक गोल
आईतबार २० असोज, २०८१
कोशी सुधार अभियान : बाहुनीको विद्यालयमा सरसफाइ तथा वृक्षारोपण
आईतबार २० असोज, २०८१
इटहरीकी भिमादेवी, जसले बलात्कार मुद्दामा फसाउने भन्दै ३० लाख असुलिन्
आईतबार २० असोज, २०८१
दसैंमा जुध्दै छन् तीन चलचित्र, कसले जित्ला दर्शकको मन ?
आईतबार २० असोज, २०८१
आज कोशीसहित केही प्रदेशमा पानी पर्ने सम्भावना
आईतबार २० असोज, २०८१
ला लिगा : रियल मड्रिडको अपराजित यात्रा कायमै, गर्‍यो बार्सिलोनासँग अंक बराबरी
आईतबार २० असोज, २०८१
नासरको जितमा माने र रोनाल्डोको गोल
आईतबार २० असोज, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०