काठमाडौं । कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ४-० गोलले पराजित गर्दै कोशी सुपर लिगमा प्रवेश गरेको हो ।
कोशीको जितमा समीक्षा मगरले दुई गोल गरिन् भने ममता राउत र खुस्मा राईले दुई गोल थपिन् ।
जितसँगै कोशी शीर्ष पाँचमा अटायो। कोशीले ९ खेलबाट १४ अंक जोड्यो । सुदूरपश्चिम भने अंकविहीन रहँदै लिग सक्कायो ।